"

अमेरिका र उत्तर कोरियालाई वार्ता गर्न चीनको आग्रह

बिहिबार, २४ फागुन २०७४, १६ : ०२ एजेन्सी


बेइजिङ – चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्ता गर्न आग्रह गरेका छन्। बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले सो आग्रह गरेको बताइएको छ। चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उनले भने यी दुई देशले जतिसक्दो चाँडै शान्तिवार्ता गर्दा राम्रो हुनेछ।

विदेशमन्त्री यिले यसअघि पनि यी दुई देशलाई जतिसक्दो चाँडै वार्तागर्न आग्रह गर्दै आएका थिए। उनले उत्तर कोरियाको परमाणुअस्त्र कार्यक्रमका बारेमा पनि दुई देशले वार्तागरी आफ्ना कुरा राख्नुपर्नेमा जोड दिँदै आएका थिए।

दक्षिण कोरियाका दुई जना विशेषदूत बिहीबारै संयुक्त राज्य अमेरिका प्रस्थान गरेलगत्तै यता चिनियाँ विदेशमन्त्रीको यो प्रतिक्रिया आएको छ। त्यसैले उहाँको यो आग्रहलाई अर्थपूर्ण रुपमा लिइएको छ।

हालैमात्र उत्तर कोरियाको भ्रमणबाट फर्किएका दुईजना दक्षिण कोरियाली विशेषदूत बिहीबार अमेरिका प्रस्थान गरेको प्राप्त अर्काे एक समाचारमा जनाइएको छ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख चुङ इयु–योङ र अर्का एकजना दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुख बिहीबार अमेरिकाका लागि प्रस्थान गरेका हुन्।

उनीहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणका बारेमा जानकारी गराउने बताइएको छ।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...