७ वैशाख २०८१ शुक्रबार
खेल

विश्वकप क्रिकेट छनोट : नेपालको छौटौं विकेट गयो

काठमाडौं – जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा स्कटल्यान्डसँग भिडिरहेको नेपालको अर्को विकेट गएको छ।

सोमपाल कामी १८ रन बनाएर आउट भएका छन्। उनले २ चौंका प्रहार गर्दै १८ रन बनाएका हुन्। नेपालले ८१ रन जोडदा महत्वपूर्ण ६ विकेट गुमाइसकेको छ। नेपालको पहिलो विकेटका रूपमा ज्ञानेन्द्र मल्ल १, दोस्रो विकेटको रूपमा दिलिप नाथ ४, तेस्रो विकेटको रूपमा दिपेन्द्रसिंह ऐरी १, चौंथो विकेटका रूपमा सरद भेषावकर ०, पाँचौं विकेटका रुपमा आरिफ शेख १ रनमै पेवेलियन फर्किएका छन्।
ताजा अवस्थामा नेपालले २५ ओभरमा ८४ रन बनाएको छ।

अहिले क्रिजमा कप्तान पारस खड्का र रोहितकुमार पौडेल खेलिरहेका छन्। सुपरसिक्सको लक्ष्यका साथ आइसिसी विश्वकप छनोटमा होमिएको नेपाल गर या मरको अवस्थामा छ।

समूहको पहिलो खेलमा आयोजक जिम्बाब्वेलाई १ सय १६ रनको फराकिलो नतिजा सुम्पिएको नेपाललाई अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न पनि क्विन्स स्पार्टस क्लबमा स्टकल्यान्डविरुद्धको खेल जित्नै पर्ने दबाब छ।

यता गत संस्करणको विजेता स्कटल्यान्ड नेपालविरुद्ध जित हात पार्दै प्रतियोगितामा अविजित यात्रा कायमा राख्ने लक्ष्यमा हुनेछ।
पहिलो खेलमा आइतबार अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको स्कटल्यान्डले मंगलबार हङकङलाई ४ विकेटले हराएको थियो।
प्रतियोगिताअन्तर्गत बिहीबार हुने समूह ‘बी’ को अर्को खेलमा हङकङ र अफगानिस्तान आमने–सामने हुदैछन् । त्यस्तै समूह ‘ए’ को खेलमा नेदरल्यान्ड्सले संयुक्त अरब इमिरेटस्(युएई) र वेस्ट इन्डिजले पपवान्युगिनीको सामना गर्नेछ।
 

प्रकाशित: २४ फाल्गुन २०७४ ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App