८ वैशाख २०८१ शनिबार
खेल

विश्वकप क्रिकेट छनोट : ज्ञानेन्द्र मल्ल र दिलिप नाथ सुरूमै आउट

काठमाडौं – जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपाल र स्कटल्यान्डबीचको खेल सुरू भएको छ।
क्विन स्पोर्टस क्लबको मैदानमा सुरू भएको खेलमा नेपालले टस जितेर अहिले ब्याटिङ सुरू गरेको छ।

नेपाललाई दोस्रो ओभरको पहिलो बलमै झड्का लागेको छ। ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल १ रनमै आउट भएका छन्। त्यस्तै नेपालको अर्को विकेट पनि गुमेको छ । अर्का ओपनिङ ब्याट्सम्यान दिलिप नाथ पनि तेस्रो ओभरको दोस्रो बलमा ब्याक्तिगत ४ रन जोडदै आउट भएका छन् ।

ताजा अवस्थामा नेपालले ३ ओभरमा २ विकेट गुमाई १३ रन बनाएको छ। अहिले क्रिजमा कप्तान पारस खड्का र दिपेन्द्रसिंह ऐरी खेलिरहेका छन्। सुपरसिक्सको लक्ष्यका साथ आइसिसी विश्वकप छनोटमा होमिएको नेपाल गर्दा गर या मरको अवस्थामा छ।

समूहको पहिलो खेलमा आयोजक जिम्बाब्वेलाई १ सय १६ रनको फराकिलो नतिजा सुम्पिएको नेपाललाई अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न पनि क्विन्स स्पार्टस क्लबमा स्टकल्यान्डविरुद्धको खेल जित्नै पर्ने दबाब छ।

प्रकाशित: २४ फाल्गुन २०७४ ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App