coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

आयो ‘लिलिबिली’ ट्रेलर

काठमाडौं– युरोपमा छायांकन गरिएको फिल्म ‘लिलिबिली’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ प्रदीप खड्का अभिनित फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो।

मिलन चाम्स निर्देशित फिल्मका नायक प्रदीपले फिल्मको कथा खुलाउन नचाहेको बताए । ‘मैले मेरो तर्फबाट राम्रो काम दिने प्रयास गरेको छु । राम्रो कथा र टिम छ । त्यसकारण फिल्म पनि राम्रो बनेकोमा ढुक्क छु ’ प्रदिपले भने । धेरै हिरो भएको फिल्म नखेल्ने बताउँदै आएका प्रदिपले ट्रेलर लन्चपछि पत्रकारले सोही प्रश्नको जवाफ खोजेपछि आफूले नै अनुपबिक्रम शाही र सविन श्रेष्ठलाई फिल्ममा लिन आग्रह गरेको बताए।

‘भिलेनले जित्न जति प्रयास गरे पनि अन्त्यमा जित्ने त हिरोले नै हो नी ! ’ प्रदिपले अनुप र सविन नकारात्मक भूमिकामा फिल्मचित्र देखिने संकेत गर्दै भनेका थिए ।रोमान्स, विछोड र एक्सनका दृश्यहरु समेटिएको ट्रेलरमा प्रदिप, नवनायिका जसिता गुरुङ, प्रियंका कार्की, सबिन श्रेष्ठ, अनुपविक्रम शाही अटाएका छन्।  

फिल्ममा मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्सको पनि अभिनय छ । स्कटल्यान्डसँगै नेपाल, लन्डन र टर्कीको स्तानबुलमा छायांकन गरिएको फिल्ममा गोविन्द शाही र सुदिप खड्काको लगानी छ । प्रदिप भारद्धाजको लेखन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् भने फिल्मको छायांकन सुदिप बरालले गरेका हुन् । बारम्बार रिलिज मिति अदलबदल गरिरहेको फिल्म चैत ३० गते प्रदर्शन हुने निर्माण पक्षले जानकारी गराएको छ।

प्रकाशित: २४ फाल्गुन २०७४ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App