"

उत्तर र दक्षिण कोरिया शिखर बैठक अर्को महिना

बुधबार, २३ फागुन २०७४, २२ : २९ एजेन्सी


सोल – उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेताहरुबीच यी दुई देशको शिखर बैठक आगामी महिना हुने भएको छ। उत्तर कोरियाको भ्रमणमा गएका दक्षिण कोरियाली राष्ट्रपतिका एकजना विशेषदूतले सो शिखर बैठक आगामी महिना हुने जानकारी दिएका हुन्। 

यी दुई देशबीच विरलै हुने भनिएको एउटा भ्रमण हालै भएको छ। सो भ्रमणबाट विशेष दूत फर्केपछि दक्षिण कोरियाली राष्ट्रपति मुन–जाय इनले सो जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

उत्तर कोरियाली नेता किम जोङ उनले सुरक्षाको सुनिश्चितता हुन्छ भने परमाणुअस्त्र निर्माणको कार्यमा पनि पुनर्विचार गरिने पनि बताएको राष्ट्रपति इनले बताए। यस विषयमा पनि सो भ्रमणका क्रममा कुराकानी भएको थियो। परमाणु अस्त्रको उत्पादन र यसले कोरियाली प्रायद्वीपमा पारेको प्रभावका बारेमा पनि त्यस भेटका क्रममा कुराकानी भएको बताइएको छ। 

सो कुराकानीमा सो परमाणु अस्त्रको परित्याग गर्ने बारेमा आगामी दिनमा खुलेरै छलफल गर्न तयार हुन सक्ने संकेत पनि उत्तर कोरियाली नेता उनले दिएको अर्को एक समाचारमा जनाइएको छ। 

नेता किम र दक्षिण कोरियाली राष्ट्रपति इनका विशेषदूतसहितको प्रतिनिधिमण्डल बीच भएको बैठकपछि यो पछिल्लो समाचार आएको हो। उक्त प्रतिनिधिमण्डल प्योङयाङबाट सोल फर्किसकेको छ। 

पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पु¥याउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिले सोमबार आफ्ना विशेषदूतलाई उत्तर कोरिया पठाएका हुन्। 

उत्तर र दक्षिण कोरियाबीच जतिसक्दो चाडो वार्ताको वातावरण तयार पार्न विशेषदूत त्यहाँ पुगेका दक्षिण कोरियाले बताएको छ। त्यस्तै उत्तर कोरियाले सो भेटवार्तालाई महत्वपूर्ण भनेको छ। 

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख युइ–योङ सोमबार उत्तर कोरिया पुगेका थिए। उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग सोमबार साँझ भेटवार्ता गरेका थिए। सो भेटवार्ताका क्रममा यी दुई देशका उच्च नेताहरुको शिखर बैठक आगामी महिना आयोजना हुने र परमाणु अस्त्र परित्याग गर्ने विषयमा पनि छलफल भएको बताइएको छ। 

यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ। यस खेलकूदको आयोजना पछि यी दुई देशका बीचमा गएको करिब चार वर्षपछि पहिलो पटक उच्चस्तरीय प्रतिनिधिमण्डहरुबीच यस किसीमको भेटवार्ता सुरु भएको छ। 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

कोइरालालाई नोबेल सम्मान

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘नोबेल साकोस साहित्य प्रतिष्ठान’द्वारा स्थापित विभिन्न सम्मान तथा पुरस्कारहरू शनिबार स्रष्टाहरुलाई प्रदान गर्नुभयो । ...

‘अब थोरै फिल्ममा काम गर्छु’

‘अब थोरै फिल्ममा काम गर्छु’

कुनै समय अभिनेता दयाहाङ राई अभिनित फिल्म एक महिनामा झण्डै आधा दर्जनको हाराहारीमा रिलिज हुन्थे। ...

यल : फिल्म फेस्टिभल हुने

यल : फिल्म फेस्टिभल हुने

फिल्म तथा वृत्तचित्र निर्माणमा स्वतन्त्र रुपले काम गरिरहेका निर्देशकहरुलाई प्रोत्साहित गर्न ‘यल इन्टरनेसनल इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल(यिफ)’ हुने भएको छ ।...

‘अक्षरदेखि अक्षरसम्म’माथि विमर्श

डा. बद्री पोख्रेलको जीवनदर्शन समेटिएको पुस्तक ‘अक्षरदेखि अक्षरसम्म’ नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्रीगंगाप्रसाद उप्रेतीले सार्वजनिक गरेका छन् । ...