६ वैशाख २०८१ बिहीबार
राजनीति

गगन थापाले प्रधानमन्त्री ओलीमाथि उठाए प्रश्न

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा अझैसम्म पनि संघीयताको बारेमा शंका रहेको भन्दै प्रश्न उठाएका छन्।

रिपोर्टर्स क्लबमा बुधबार आयोजित कार्यक्रममा उनले भने, ‘संघीय नेपाल अवसर र चुनौतीपूर्ण छ, प्रधानमन्त्री ओलीजीले संघीयताका बारेमा अझै केही शंका गरेको जस्तो देखिन्छ, यो राम्रो होइन, त्यस्तै मोहन विक्रमले यो व्यवस्था फष्टाउँदैन भन्नुभएको छ, कानूनविद् डा. भीमार्जुन आचार्यले संघीयता टिक्दैन भन्दै हुनुहुन्छ, पाँच वर्षपछि उहाँहरुको भनाईले व्यवहारिकता नपाओस्।’

यद्यपी उनले संघीय व्यवस्था विरुद्धमा अरुले फरक विचार राखेपनि प्रधानमन्त्री ओलीले यो व्यवस्थाको बारेमा कुनै शंका तथा उपशंका गर्न नपाउने जिकिर गरे। उनले भने, ‘संघीय व्यवस्थाको विरोध गर्ने छुट प्रधानमन्त्री ओलीलाई छैन्।’

प्रकाशित: २३ फाल्गुन २०७४ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App