"

देउवाले कांग्रेस बनाउने कि बिगार्ने ?

बुधबार, २३ फागुन २०७४, ०९ : ५९ पुरुषोत्तम दाहाल


शेरबहादुर देउवा नेपाली कांग्रेस संसदीय दलको नेता निर्वाचित भएका छन् । निर्वाचनमा गएपछि जे÷जस्तो परिणामको सम्भावना थियो, त्यही भयो ।सभापतिको हैसियतमा आफैँ मनोनयन गरेका समानुपातिक सांसदको समर्थन अरुलाई हुनु आश्चर्यजनक घटना हुन्थ्यो । त्यो आश्चर्य देउवाले सामना गर्नुपरेन । उनले जानी÷नजानी चारपटक देशको प्रधानमन्त्री सम्हालिसकेका छन् । जतिपटक प्रधानमन्त्री भए, त्यति नै पटक उनले गरेका कतिपय राम्रा काम छायामा पार्दै नराम्रा कामको अभिलेख सशक्त हुन पुगेको छ । यो पटक त उनी सबैभन्दा बढी कांंग्रेस आमकार्यकर्ताको आलोचनाका बन्दी हुन पुगे।

चुनावी पराजय र त्यसबाट कांग्रेस कार्यकर्तामा लागेको चोट निकै गहिरोमात्र छैन, झांगिदै पनि गएको छ ।सामाजिक सञ्जाल हेर्दा समर्थनभन्दा आलोचना, विरोध र अराजनीतिक शव्दावलीका समवेत प्रहार देउवामाथि केन्द्रित छन् । कांग्रेसमा कुनै न कुनै कालखण्डमा राजनीतिक लाभ र सम्मान पाउनेको स्वरसमेत देउवाविरुद्ध खरो र चर्को देखिन्छ ।यसैपनि कांग्रेस अराजकतावादीहरूको झुण्ड भइसकेको छ । सिद्धान्ततः अराजकतावाद स्वतन्त्रताको उत्कर्ष प्रयोग पनि हो । तर संगठन भएपछि त्यसका मर्यादा हुन्छन्, अनुशासनको संयन्त्र हुन्छ, विधि र विधानले संगठन चलेको हुनुपर्छ । कांग्रेसमा विधिको कुरा काकाकुलको जलेच्छाजस्तो छ । न पार्टीका सभापतिले आफूलाई विधिअनुकूल बनाउने काम गरेका छन् न अरुले । सही र गलत छुट्याउने विवेकलाई कांग्रेसमा तिलाञ्जली दिइएको छ।

गिरिजाप्रसाद कोइरालाले २०४८ बाट बसाएको आत्मघाती खेलको विषवृक्ष र कृष्णप्रसाद र गणेशमानहरूले त्यसविरुद्ध तय गरेका आक्रामक तर असफल रणनीतिको योगफल आजको कांग्रेस हो।

गिरिजाप्रसाद कोइरालाले २०४८ बाट बसाएको आत्मघाती खेलको विषवृक्ष र कृष्णप्रसाद र गणेशमानहरूले त्यसविरुद्ध तय गरेका आक्रामक तर असफल रणनीतिको योगफल आजको कांग्रेस हो । तैपनि गिरिजाप्रसाद कोइरालाले २०५१ को मध्यावधि निर्वाचनमा पार्टीको नराम्रो पराजयपछि संसदीय दलको नेतृत्व त्याग गर्दै शेरबहादुर देउवामा हस्तान्तरण गरेका थिए । त्यस समय देउवामा नेतृत्व हस्तान्तरण नभएको भए शायद देउवाको चारपटक प्रधानमन्त्री बन्ने सौभाग्य मिल्ने थिएन । कोइरालाका अनेक काममा असहमति राख्दै प्रशस्त आलोचना हुनसक्छ । उनले पार्टीमा एकलौटी नियन्त्रणका लागि गरेका अनेक अपकर्म, असहमतलाई तह लाउनैपर्ने मनोगत चिन्तनबाट निसृत अनेक महŒवाकांक्षासँग सहमति जनाउन सकिँदैन । तर तिनैमाझबाट उनले गरेका केही सकारात्मक कर्म स्मरण गर्नैपर्ने हुन्छ । जसमध्ये २०५१ के निर्वाचनमा कांग्रेसको दोस्रोस्थान हुनासाथ उनले गरेका नेतृत्व हस्तान्तरणलाई बसाउन खोजेको असल संस्कृति मान्नुपर्छ । आफूलाई गिरिजाप्रसादको चेलो दाबी गरिरहेका देउवाले २०७४ को निर्वाचन परिणाम, कार्यकर्ताको मनोदशा र समयको स्वर सुन्न प्रयास गरेका भए एउटा असल संस्कृतिको निरन्तरता अनुभव हुन्थ्यो । तर देउवाले आफँै संसदीय दलको नेता बन्ने लोभ सम्वरण गरेपछि उनको आलोचना स्वाभाविक छ । भनौँ, समयको माग र भविष्यको पदध्वनि उनले अनुभव गर्र्न सकेनन्।

२०४८ देखिनैकांग्रेसमा विकसित, विभाजित मनस्थितिको निरन्तरता उत्कर्षमा पुगेको छ । पहिलो उत्कर्ष २०५९ सालमा पार्टी विभाजनमा प्रतिविम्बन भएको थियो । त्यसबेला देउवा प्रधानमन्त्री र पार्टी सभापति थिए गिरिजाप्रसाद कोइराला । कोइरालाको अवाञ्छित दबाब र आफैँभित्र विद्यमान महत्त्वाकांक्षाका कारण देउवाले कांग्रेसबाट अलग्गिँदै प्रजातान्त्रिक कांग्रेस स्थापना गरेका थिए ।२०६४ सालमा पुनः एकीकरण भएको कांग्रेसका कार्यकर्ता समय प्रवाहमा जो जता भए पनि विभाजनको मानसिकतावाट मुक्त हुन सकेनन् । केन्द्रदेखि वडा तहसम्म कांग्रेसमा विकसित चरम गुटवन्दीमा लाग्नेको मानसिकता अध्ययन गरेमा यो प्रमाणित हुनेछ।

कांग्रेसमा सहिदकै हाराहारीमा केही नेताको नाम अत्यन्त सम्मानसाथ स्मरण गरिन्छ । बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधीत्यस्ता नाम हुन् । सुवर्ण  र किसुनजीका  वंशले आफूलाई राजनीतिकरूपमा महŒवाकांक्षी बनाएको देखिँदैन । तर अरु बाँकी नेताका सन्तानमा प्रचुर महŒवाकांक्षा छ । देउवाविरुद्ध गणेशमान सिंह सुपुत्र प्रकाशमान सिंहको उम्मेदवारी यही महŒवाकांक्षाको एक हिस्सा हो । प्रकाशमान गणेशमानको योगदानको व्याजबाट अघि बढेका होइनन् । उनले पर्याप्त काम गरेका छन् र योगदान कम छैन । त्यस लहरमा विमलेन्द्र निधी पनि पर्छन् । उनले पनि पिताजी महेन्द्रनारायण निधीको योगदानको ब्याजमा काम गरेका छैनन् । आफ्नै त्याग र संघर्षले उनको व्यक्तित्व बनेको छ।

अहिले रामचन्द्र पौडेलले देउवाविरुद्ध प्रकाशमान सिंहलाई जसरी प्रस्तुत गरे, त्यसै हारहारीमा विमलेन्द्र निधी देउवाका पक्षमा लामो समयदेखि निरन्तर छन् ।पौडेल कोइराला परिवारको विरासतर समर्थनमा चलिरहेको दाबी गर्दैछन् भने देउवा गणेशमानजी र किसुनजी विरासतको कुरा गर्छन् । कोइराला परिवारका तीन उत्तराधिकारी डा. शेखर, सुजाता र शशांक सके आफैँ उत्तराधिकारीत्व लिने, नभए देउवा र पौडेलबीच आफूलाई सुरक्षित गराइरहने रणनीतिमा देखिन्छन् । देउवाको शक्तिमोह र प्रकाशमानको उम्मेदवारी दुवैबाट कांग्रेसलाई सर्वथा घाटा पुग्न गएको छ । यद्यपि प्रकाशमानको उम्मेदवारीका वास्तुकार रामचन्द्र पौडेलले यो उमेदवारीलाई नैतिकताको प्रतीक बताएका छन् ।यस्तोदाबी गरिए पनि यो उम्मेदवारीले कांग्रेसमा विद्यमान विभाजित चिन्तन बिस्तार गरेको स्पष्ट छ।

देउवाले संसदीय दलको नेतृत्व चाहेपछि उनको विजय सुनिश्चित थियो । उनीविरुद्ध निर्वाचनमा जाँदा पराजय निश्चित भएको अवस्थामा पार्टीमा एकताको सन्देश प्रवाह गर्न र विरोध वा विभाजनका चिन्तन छैनन् भनी कार्यकर्तालाई सम्झाउन पनि अरु कसैको उम्मेदवारी पर्नुहुने थिएन । विरोधका लागि विरोधको रणनीतिले कांग्रेसलाई संयोजितभन्दा विभाजित गर्ने बाटोमै हिँडाउने निश्चित छ ।त्यसमा पनि सशक्त वामपन्थी सत्ता स्थापना र त्यसले यो वा त्यो निहुँमा लिनसक्ने प्रतिशोधको सामना गर्ने समयमा आफैँभित्रको कलह सवल बनाउनु बुद्धिमानी होइन।

केही दिनपहिले मात्र महाभियोगको धम्की दिँदै न्यायालयदेखि अन्य आयोगमाथि राजनीतिक हस्तक्षेप गर्ने र कांग्रेसका नियुक्ति अन्त्य गर्ने चेतावनी वाम नेतृत्वबाट आएको छ । सर्वोच्च अदालततिर यस्तो धम्की बढी लक्षित छ । भोलि आफूले लिने निर्णयमा अदालत बाधक नबनोस् र कानुनी अड्चन पैदा नगरोस् भन्ने धम्कीको आशय हो ।वाम गठबन्धनले पचास वर्ष राजगर्ने सपना देखेको छ र त्यसलाई पूरा गर्न कांग्रेसको विनाशसँगै संवैधानिक संस्थाहरूमाथि आक्रामकपूर्वक नियन्त्रणआवश्यक हुन्छ । यस्तो समयमाकांग्रेस कार्यकर्ताले गर्ने देउवा र पौडेलको समर्थन र विरोधको तुक हुनेछैन । यसैकारण कांग्रेसमा पुनर्जीवन कसरी हुनसक्छ  र यसको संगठन कसरी प्रभावकारी हुनसक्छ भन्नेतिर गम्भीर मन्थन जरुरी छ।

कांग्रेसमा विधिको कुरा काकाकुलको जलेच्छाजस्तो छ । न पार्टीका सभापतिले आफूलाई विधिअनुकूल बनाउने काम गरेका छन् न अरुले । सही र गलत छुट्याउने विवेकलाई कांग्रेसमा तिलाञ्जली दिइएको छ।

कांग्रेसमा पाँचजना मध्यवयस्क नेता एकाठाउँ उभिएभने तत्काल गुट अन्त्य र दल बलियो हुन सक्नेछ। देउवा वा पौडेलको वर्चस्व रहेसम्म र यी दुईबीचको अपवित्र प्रतिस्पर्धा रहेसम्म गुट अन्त्य हुने छैन ।कांग्रेसको पुनर्जीवन पनि हुनसक्दैन । तेस्रो धारका रूपमा उदाएका कृष्णप्रसाद सिटौलाले पनि सिंगो पार्टी पंक्ति थेग्न सक्ने देखिन्न। यस अवस्थामा एकपटक कोइराला, सिंह र निधीको राजनीतिक विरासततर्फ यसैकारण ध्यान दिनु अपरिहार्य छ। राजनीतिमा वंशको विकास जन्मबाट हुँदैन, विचारबाट प्रमाणित हुनुपर्छ तर नेपाल जस्तो भर्खर लोकतन्त्रको अभ्यास गर्न लागेको देशमा आनुवंशिक उत्तराधिकारित्व स्मरण गर्नैपर्ने हुन्छ । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको राजनीतिक इतिहासमा पनि वंशानुगत राजनीतिको व्यापक प्रभाव देखिएको छ । नेपाल पृथक हुनसक्दैन।

यसैकारण कांग्रेसलाई पुनर्जीवन दिने हो भने अरु कुनै गुटको पक्ष वा विपक्षमा उभिनुभन्दा पनि कोइराला वंशका तीनजना सक्रिय उत्तराधिकारी डा. शेखर, डा.शशांक र सुजाता, गणेशमान सिंह सुपुत्र प्रकाशमान तथा महेन्द्रनारायण निधी सुपुत्र विमलेन्द्र एकाठाउँ उभिनु जरुरी छ। अब देउवाको महत्त्वाकांक्षाको सीमा टुंगिएको छ । पाँच वर्षपछि उनले कुनै पनि नेतृत्व लिनु सम्भव हुँदैन। पौडेलमा अतृप्त महत्त्वाकांक्षा यथावत् छ । उहाँका लागि प्रधानमन्त्री सपना भएको छ तर यो सपना पूरा गर्ने संयन्त्र कांग्रेसले पाँच वर्षमा पनि पुनर्जीवन पाएन भने यसको अर्थ हुँदैन । यसर्थ संयन्त्रलाई उचित दिशा दिने हो भने देउवासँगै पौडेल पनि अभिभावक भएर बस्नुपर्छ र कोइरालात्रय, सिंह र निधी यी पाँचजनालाई एकताबद्ध भएर निर्णायक बनाउन योगदान दिनुपर्छ। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...