७ वैशाख २०८१ शुक्रबार
कला

पुराना फिल्म डिजिटाइज हुने

काठमाडौं – नेपाल चलचित्र विकास वोर्डले पुराना नेपाली चलचित्रलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाइजेसन गर्ने भएको छ । यसअन्तर्गत बोर्डले पहिलो खेपमा आमासहित १२ वटा चलचित्रलाई डिजिटाईजेशन गर्न लागेको हो । डिजिटाइजेसन भएसँगै रिलमा रहेका फिल्महरू अहिलेको प्रविधिमा रुपान्तरित हुनेछन्।

पुराना चलचित्रलाई डिजिटाइजेसनको प्रक्रियामा लैजान विकास वोर्डले यसअघि नै एउटा समिति बनाएको थियो । समितिले पुराना चलचित्रलाई क्रमशः डिजिटाइजेसन प्रक्रियामा लैजान सिफारिस गरेको छ ।
डिजिटाइजेसन भएपछि सबै १६ एम एम र . र ३५ एम एमका चलचित्रहरू अब टुके र फोरके. फम्र्याटमा ल्याउन सकिनेछ । साथै नेपाली चलचित्रको इतिहासलाई आम सर्वसाधारणसम्म पुर्याउन चलचित्र संग्रहालयको पनि स्थापना गर्ने प्रक्रियाको थालनी भएको बोर्डले जनाएको छ ।

आगामी असार १६ गते चलचित्र विकास वोर्डको वार्षिकोत्सवमा नेपाली चलचित्रको निमार्ण, उत्पादन सुरु भएको ५० वर्ष नाघेको स्वर्णकालको उपलक्ष्यमा सप्ताहव्यापी रूपमा ती चलचित्रहरूलाई फिल्म फेस्टिभलको रूपमा प्रदर्शनीसमेत गर्ने तयारी वोर्डले गरेको छ । पुराना चलचित्रलाई डिजिटाइजेसन गरी एकसातासम्म प्रदर्शन गर्न लागेको अध्यक्ष निकिता पौडेलले बताइन् ।‘हामीले नेपालमा चलचित्र निमार्ण सुरु भएको ५० वर्ष नाघिसकेको स्वर्ण कालको अवसरमा प्रारम्भिक चरणमा १२ वटा अति पुराना नेपाली चलचित्रलाई डिजिटाइजेसन गरी एकसातासम्म प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ उनले भनिन्।

बोर्डले पहिलो चरणमा ‘आमा’सँगै ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दूर’, ‘परालको आगो’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजो आज भोलि’, ‘बिश्वाश’, र ‘शान्तिदीप’लाई डिजिटाइजेसन गर्न लागेको हो।

प्रकाशित: २३ फाल्गुन २०७४ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App