७ वैशाख २०८१ शुक्रबार
प्रवास

बेल्जियममा काठमाडौं उपत्यका समन्वय समिति गठन

काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लाका महानगरपालिका, उपमहानगरपालिका  र गाउँपालिकाभित्र स्थायी घर भई हाल युरोपियन मुलुक बेल्जियममा बसोबास गर्दै आएका नेपालीबीच आपसी भाइचारा कायम राख्ने उद्देश्यले ‘काठमाडौं उपत्यका समन्वय समिति बेल्जियम’ गठन गरिएको छ। 

सुदर्शन सिंखडाको अध्यक्षतामा गठित १३ सदस्यीय तदर्थ समितिको सल्लाहकारमा ५ जना छन्। काठमाडौं उपत्यकाभित्र सामाजिक, शैक्षिक, सांस्कृतिक, सूचना–प्रविधि विकास लगायत कार्यक्रम सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले गठित समितिको वरिष्ठ उपाध्यक्षमा नारायण सिलवाल, उपाध्यक्ष सागरदास श्रेष्ठ, महासचिव सुदर्शन घिमिरे, सहसचिव रुपा शाक्य, कोषाध्यक्ष बेञ्जु उप्रेती र महिला संयोजकमा बन्दना भण्डारी छन्। 

त्यसैगरी सदस्यमा लक्ष्मी श्रेष्ठ, अंकुर खड्का, हरिकृष्ण कार्की, अनिल थापा, कृष्ण पासा र विनोद महर्जन छन् भने सल्लहाकारमा सुरेन्द्र अमात्य, रजनी प्रधान, बाबुराजा लामा, मनोज उप्रेती र महेश थापा छन्।

प्रकाशित: २२ फाल्गुन २०७४ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App