७ वैशाख २०८१ शुक्रबार
समाज

ढिस्कोले स्काभेटर पुर्दा दुई बेपत्ता

बागलुङ- बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई जना वेपत्ता भएका छन्। जिल्लाको बडिगाड गाउँपालिका—१० साविकको दर्लिङ—८ निगलापानीमा माथिबाट खसेको ढिस्कोले स्काभेटर पुरिँदा त्यसका चालक र सहचालक पनि पुरिएको बताईएको छ।

बागलुङ र प्युठानको सिमाना जोड्ने नयाँ भित्री सडक खन्ने क्रममा माथिबाट ढिस्को खसेर बाटो खन्ने स्काभेटर संगै त्यसका चालक र सहचालक समेत पुरिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी विश्वराजसिंह थापाले जानकारी दिए । घटना दिउँसो साढे तीन बजेतिरको भएको र प्रहरी उद्धारका लागि गईरहकेको बताईएको छ । ‘जानकारी प्राप्त हुनासाथ हामीले प्रहरी टोली पठाएका छौं, प्रहरी नपुगे सम्म यथार्थ जानकारी भएन,’ डिएसपी थापाले भने,‘त्यहाँ पुग्न साढे दुई घण्टा समय लाग्दो रहेछ । साँझ ६ बजेसम्म टोली पुगिसकेको छैन ।’ उद्धारका लागि अर्को स्काभेटर लगेर प्रहरी गएको उनले बताए । ‘माटो भित्र के छ भगवन जानुन्,’ उनले भने,‘यदि मान्छे पुरिएको साँचो हो भने जिवीत्तै उद्धार गर्न सकिने सम्भावना निकै कम छ।’

प्रकाशित: २२ फाल्गुन २०७४ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App