७ वैशाख २०८१ शुक्रबार
कला

हस्पिटालिटी सिजन २ को उपाधि कवितालाई

पोखरा-  हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन २ को उपाधि १९ वर्षीया कविता पौडेलले जितेकी छन्। पोखरा बिरौटाकी १९ वर्षीया कविता नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बिएचएम दोश्रो बर्षकी छात्रा हुन्।

उनले २५ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि सहित नगद २५ हजार रुपैया र दुबई भ्रमणको अवसर प्राप्त गरेकी छन्। हस्पिटालिटी सेक्टरमा सेवारत युवा युवती दुवै भाग लिन पाउने सो प्रतियोगितामा २१ वर्षीय विश्वदीप थापाले मोस्ट ट्यालेण्टेड उपाधि सहित फस्र्ट रनरअप बने । पोखरा छोरेपाटनका थापा पोखरा लिंकन कलेजका बिएचएम तेस्रो वर्षका विद्यार्थी हुन्।

बुटवलकी प्रतिष्पर्धी रुबी रानामगर सेकेण्ड रनरअप बनिन् । १९ वर्षकी उनी वेस्टर्न मेगा कलेज बिएचएम दोस्रो वर्षकी छात्रा हुन् । लेकसाईडका २० वर्षीय उज्वल बहादुर कार्की थर्ड रनरअप बने । उनी पोखरा टेक्नीकल स्कुल (सिटिईभिटी) मा बिएचएम तेश्रो बर्षमा अध्ययनरत छन् । त्यस्तै न्यू ग्यालेक्सी स्कुलका नुर पुन भियुअर्स च्वाईस र पोखरा लिंकन कलेजका उज्जवल कुमार श्रेष्ठ पब्लीक च्वाईस बने । उपविजेताहरुले सिक्किम भ्रमणका साथै बिभिन्न अवसरहरु प्राप्त गर्ने आयोजक आयोजक एपी इन्टरटेन्मेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पाण्डेले बताए।

प्रतियोगितामा १० युवती र १६ युवाको सहभागिता रहेको थियो ।

प्रकाशित: २२ फाल्गुन २०७४ ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App