८ वैशाख २०८१ शनिबार
कला

सुशीलको ‘गुराँसहरु पलाँसहरु’

काठमाडौं – मुक्तककार सुशील चालिसेको मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरू’ सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमका बीच गीतकार चेतन कार्की, प्राध्यापक डा.सनतकुमार वस्ती, मुक्तककार सुशीललगायतले पुस्तक सार्वजनिक गरेका थिए।

गीतकार कार्कीले चालिसेको मुक्तक विधामा भविष्य रहेको बताए । प्रा.डा. वस्तीले मुक्तक विधा हेर्दा सरल भए पनि लेखनको हिसाबले अति कठिन भएको जनाए । उनले मस्तिष्कबाट भन्दा हृदयबाट लेखिएका रचनाहरू उत्कृष्ठ हुने र सुशीलको लेखाईमा सम्भावनाहरू प्रशस्त रहेको बताए।

गीतकार सुवासचन्द्र ढुंगेलले मुक्तकारको सकारात्मक सोच लेखाईमा पनि प्रतिविम्वित भएको बताए। मुक्तककार चालिसेले दशकौंदेखिका आफ्ना मुक्तकहरूलाई पुस्तकको रूपमा प्रस्तुत गर्न पाउँदा खुसी लागेको जनाए । कार्यक्रमको आयोजना राग रागिनी इन्टरटेनमेन्टले गरेको थियो।

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App