coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

बुधबारबाट मानव अधिकार फिल्म महोत्सव

काठमाडौं– मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण बुधबारबाट राजधानीमा सुरु हुने भएको छ ।

सोमबार नयाँ बानेश्वर पत्रकार सम्मेलन गर्दैै महोत्सवका बारेमा जानकारी गराएको हो। सन् २०१०देखि सुरु भएको महोत्सवको यो संस्करण महिलामाथि समर्पित रहनेछ । ‘महिला सशक्तीकरण’ को नाराका साथ सुरु हुन लागेको महोत्सवमा ३० देशका ७१ फिल्म प्रदर्शन हुनेछन् ।

२३ गतेदेखि २६ गतेसम्म भृकुटीमण्डपको पर्यटन बोर्डको हलमा चल्ने महोत्सवमा नेपाली फिल्मकर्मीले निर्माण गरेका २० फिल्म प्रदर्शन हुने कार्यक्रममा जानकारी गराइएको थियो ।महोत्सवका निर्देशक पाण्डव खत्रीले सहभागिताका ईच्छुक थुप्र्रै फिल्मबाट उत्कृष्ट ७१ फिल्मको छनोट गरेको बताए । उनले मानव अधिकारका विभिन्न मुद्दालाई दर्शकमाझ परिचित गराउन महोत्सवले भूमिका खेल्न सक्ने धारणा राखेका थिए।

महोत्सवमा प्रत्येक दिन चलचित्र प्रर्दशनपछि चलचित्रका विभिन्न विषयमा अन्तक्र्रिया गरिने छ । महोत्सवको दोस्रो दिन ‘नेपाली सिनेमामा महिलाको प्रस्तुति’ शीर्षकमा अन्तक्रियाको आयोजना गरिने छ । उक्त कार्यक्रममा चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, अभिनेत्री दिया मास्के, लैंगिक अल्पसंख्यक भूमिका श्रेष्ठ र चलचित्र समीक्षक फुलमान बलले सहभागिता जनाउनेछन् । उक्त कार्यक्रमको सहजकर्ता भूमिका डा.सचिन घिमिरेले गर्ने छन्।

महोत्सवको तेस्रो दिन ‘मावन अधिकारका अबका एजेन्डाहरू’ शीर्षकमा अन्तरक्र्रिया आयोजना हुनेछ । यो कार्यक्रममा वक्ताको रुपमा साहित्यकार तथा राजनीतिकर्मी आहुती,, डां गिता प्रधान संग्रौलो सहभागिता जनाउनेछन् भने कार्यक्रममा सहजकर्ताको भूमिका राजनीतिक विश्लेषक सोमत घिमिरेले गर्नेछन् । सोही दिन कोरियन फिल्म समीक्षक सिओ योङ चाङको मास्टरक्लास पनि रहनेछ ।महोत्सवमा उत्कृष्ट हुने ५ फिल्मले जनही ४० हजार नेपाली रुपैंया प्राप्त गर्नेछन् । महोत्सवमा नेपाली पानोरमा र विदेशीतर्फ फिक्सन र ननफिक्सन एक एक फिल्मलाई पुरस्कृत गरिनेछ भने एक फिल्मलाई जुरी अवार्ड प्रदान गरिनेछ।

महोत्सवकै समयमा महिला सशक्तिकरणलाई प्रतिबिम्बित गरिएका ३० भन्दा बढी चित्रकलाको प्रदर्शनी गरिनेछ ।  त्यस्तै  महिला सशक्तिकरणको विषयमा महोत्सवमा प्रत्यक्ष पेन्टिङ समेत गरिने छ।
महोत्सवले राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरूका साथै मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वका लागि चलचित्रको माध्यमबाट छलफल र अन्तरक्रिया गर्ने मञ्च उपलब्ध हुने र यसबाट नेपालको मानवअधिकार, कला, संस्कृतिको साथै नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा सहयोग पुर्‍याउने विश्वास आयोजकको रहेको छ ।

‘महोत्सवमा प्रदर्शन हुने चलचित्रले नेपाली चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय चलचित्रको निर्माण, स्वरुप र शैलीको बारेमा हुने र यसले राष्ट्रिय चलचित्रको अन्तर्राष्ट्रियकरणमा पनि भूमिका खेल्ने छ,’ महोत्सवका सभापति अरुणदेव जोशीले भने ।

 

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App