८ वैशाख २०८१ शनिबार
विचार

न्याय मर्नसक्ने डर !

डा.शङ्करकुमार श्रेष्ठ
  कार्यक्रममा भेटिएका सर्वोच्च अदालतका एकजना न्यायाधीशले धेरै दिनदेखि न्यायपालिका सम्बन्धमा मेरो लेख पढ्न नपाएको गुनासो गरे । मैले पनि महसुस गरेकै विषय हुँदा खासै प्रतिक्रिया दिन आवश्यक देखिन, तर पनि सधैँ निष्पक्ष र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दा न्याय मर्नसक्ने डर भने लागिरहन्छ भनेको थिएँ।

उनले मैले नै लेख्न छाडेँ भने अरु कसले लेख्लान् भनेर टिप्पणी गरे । यो कुरा केही हदसम्म सही हुन सक्ला तर स्वतन्त्र, सक्षम, निष्पक्ष र निर्भिक न्यायपालिकाको हकहितमा लेख्ने सीमित संख्याका कलमजीवी प्रायः खतराको त्रिशङ्कुमा परेका हुन्छन् भनिरहनु नपर्ला।

सीमित संख्या भनेको अल्पमत हो र अल्पमतप्रति संस्थागत वक्रदृष्टि रहेमा त्यसको खरो प्रतिकार गर्न धेरै गाह्रो हुन्छ । अदालतको अपहेलनामा दण्डित भएपछि त्यही हैसियतमा प्रकाश वस्तीका लेख आउन छाडेको भनाइ नसुनिएको होइन । निजको प्रतिरक्षा गर्न निज आफूबाहेक अरु थिएनन् भन्दा अन्यथा नहोला।

स्मरण रहोस्, संस्थागत वक्रदृष्टिको प्रतिकार गर्न सबै कलमजीवी सक्षम हुन्छन् भन्न सकिँदैन । यस्तोमा नलेखौँ मनले मान्दैन, लेखौँ न्यायाधीश र राजनीतिक दम्भ बोकेका मित्रहरूको मनोविज्ञानले साथ दिँदैन । तसर्थ विसङ्गति र विकृतिविरुद्ध धेरैले लेख्न थाल्नुपर्छ, अनि संस्थागत वक्रदृष्टि पराजित हुँदैजान्छ।निष्पक्ष लेखनलाई गाली ठान्ने दरिद्र मानसिकताको औषधि कोहीसित हुँदैन । यस्तो लेखनलाई द्वेषभावरूपमा लिइएको रहेछ भने निजको इजलासमा बहस गर्दा निष्पक्षताको अपेक्षा गर्नु दुरुहयात्रा हुनसक्छ ।

निष्पक्ष लेखनलाई गाली ठान्ने दरिद्र मानसिकताको औषधि कोहीसित हुँदैन । यस्तो लेखनलाई द्वेषभावरूपमा लिइएको रहेछ भने निजको इजलासमा बहस गर्दा निष्पक्षताको अपेक्षा गर्नु दुरुहयात्रा हुनसक्छ ।

झन पेशामा रहेका कलमजीवीले मुद्दाका पक्षको विश्वास गुमाउनुपर्ने हुन्छ । कुनै खास लेख छापिँदा ‘यहाँसित न्यायाधीश रिसाउन सक्छन्’ भनेर मिसिल फिर्ता लगेका परिदृश्य आँखाबाट ओझेल पर्नसक्ने विषय भएन । पेशाकर्मी हुनुको परिचयमा यसबाट कति आघात पुगेको हुन्छ भनेर सम्भवतः शब्दमा उल्लेख गर्न कठिन हुन्छ । कति लेख छापिएपछि इजलासमा आसीन न्यायाधीशको कटुवाणी सुन्नु त आखिरमा हाम्रै भागमा परेको हुन्छ।

हुन त नेपालका अदालतबाट हुने सम्बन्धमा ‘शून्य अपेक्षा’ अवस्था रहेको प्रसङ्ग केही लेखमा उठाइसकेको छु तर न्यायाधीशमा वक्रदृष्टि सिर्जना भएमा शून्य अपेक्षाभन्दा भिन्न अवस्थाको मार सहन कलमजीवी र मुद्दाका पक्षसमेत बाध्य हुनुपर्ने हुन्छ।पैदलयात्रामा भेटिँदा सम्मानपूर्वक गरिएको नमस्कार फर्काउनुको साटो ‘न्यायाधीशविरोधीलाई किन नमस्कार गर्ने’ भनेर मुख फर्काउने न्यायाधीश बहालमै छन् । कुनै खास लेख छापिएपछि मप्रति रहेको सम्मान त्यस मितिदेखि समाप्त भयो भन्ने न्यायाधीश पनि बहालमै छन्।

त्यतिमात्र नभएर जिल्ला अदालतबाट भएको आदेश न्यायोचित नभएको भनी मुलुकी ऐन, अदालती बन्दोबस्तको १७ नम्बरबमोजिम पुनरावेदन अदालतमा दिइएको निवेदनमा दाबीभन्दा धरौटी रकम बढी मागिएको अनुभव पनि हामीसितै छ, जुन मुद्दामा पक्षले पछि सफाइ पाएका छन् । यस्ता फेहरिस्त लामै हुनसक्ला तर यस्तो पीडाले कोही कसैले कलमजीवी हुनुको यात्रा अन्त्य गर्नुपर्ने दिन आएछ भने प्रतिपक्षबिहीन न्यायसम्पादनको यात्रा कस्तो होला भनेर कल्पना गर्न सकिँदैन।

न्यायाधीशहरूको सम्मेलनमा ‘न्यायाधीशहरू भनेको कुहिएको गोलभेँडाजस्तै हुन्’ भनिएको कार्यपत्रमा ताली पिट्ने व्यक्तिले अरुमा द्वेषभाव राख्नु भनेको दोषी चश्माको करामत हो तर त्यसको परिणति लेखकले भन्दा पक्षले बेहोर्नुपर्ने अवस्था आएछ भने दुःखद् नियति मान्नुपर्ने हुन्छ ।

२०५३ सालमा प्रकाशित पुस्तकको भूमिकामा ‘...न्यायसेवामा बढ्दै गएको असन्तोषजनक परिवेशको कारण..., अबउप्रान्त व्यक्ति प्रतिनिधित्वबाट अनरवरता दिन नचाहने हालको मानसिकता...’ भन्ने शब्दावली परेका कारण सर्वोच्च अदालतका एकजना न्यायाधीशले पुस्तक विमोचन गर्न इन्कार गरेका थिए । भूमिका पढ्नुपूर्व विमोचन गर्न पाउनुलाई गौरव ठान्ने निजले उपहारस्वरूप दिइएको पुस्तक प्राप्त गरेको तीनदिनपछि असमर्थता देखाएका थिए । चार पुस्तादेखिको मान्यपेशा छाड्ने घोषणा गर्नुपरेको पीडाभन्दा कसैको दूषित मानसिकताको कारण छापिएका कार्डहरू खेर फाल्नुको पीडा अलिक बेग्लै हुँदोरहेछ।

एक लेखसम्बन्धी प्रधानन्यायाधीशको असन्तुष्टिमा ‘यो लेख शङ्करकुमार श्रेष्ठले लेखेको रहेछ’ भन्ने जवाफमा ‘नूनको सोझो त गर्नुपर्छ नि !’ भनिएको थियो तर तत्काल र अहिले पनि लेखक र कर्मचारी हुनुको धर्म भिन्न हुन्छन् भन्ने मान्यतामा कुनै परिवर्तन आएको छैन । भोलिपल्ट फेरि बोलाइँदा ‘लेखक शङ्करकुमार श्रेष्ठ हल्का लेख लेखिएछ भनेर चिन्ता गर्दै हुनुहुन्थ्यो’ भनेर सुनाउन बाध्य भएको थिएँ ।
स्वतन्त्र न्यायपालिकाको विधिशास्त्र बिर्सेर स्वतन्त्र न्यायपालिका बनाउने कार्यविरुद्ध लेखहरू लेखेर कुनै प्रधानन्यायाधीशलाई हैरान पारेछु भन्ने गुनासो सुनिएकै हो।

त्यतिमात्र नभएर बहाल हुनुपूर्व एकजना प्रधानन्यायाधीशले कार्यक्रममा आमन्त्रितको हैसियतमा उपस्थित हुन जाँदा ‘ल, अब मेरोविरुद्धमा मज्जाले लेख्नोस्’ भनेको भनाइमा ‘त्यसरी लेख्नुपर्ने दिन आएछ भने कलममा बिर्को लगाउने छैन’ भनेर भन्न बाध्य थिएँ । निष्पक्ष लेखनलाई गाली ठान्ने दरिद्र मानसिकताको औषधि कोहीसित हुँदैन । यस्तो लेखनलाई द्वेषभावरूपमा लिइएको रहेछ भने निजको इजलासमा बहस गर्दा निष्पक्षताको अपेक्षा गर्नु दुरुहयात्रा हुनसक्छ।

मेरा कुनै पनि लेखमा न्यायाधीश भ्रष्ट हुन्छन् भनेर लेखिएको छैन तर सबैजसो प्रधानन्यायाधीशले बहालीपूर्वको अन्तर्वार्तामा अदालतमा हुने भ्रष्टाचार कम गर्ने प्रतिबद्धता जाहेर गरेर ‘मुखसाबित’ हुनु भनेको इमान्दार न्यायाधीशको हकमा एकप्रकारको गाली नै हो तर त्यसरी भन्नु राम्रो होइन भनेर लेख्नु पनि न्यायाधीश विरोधी कार्य हो भन्ठान्नु उपचारबिहीन सोच हो । न्यायाधीशहरूको सम्मेलनमा ‘न्यायाधीशहरू भनेको कुहिएको गोलभेँडाजस्तै हुन्’ भनिएको कार्यपत्रमा ताली पिट्ने व्यक्तिले अरुमा द्वेषभाव राख्नु भनेको दोषी चश्माको करामत हो तर त्यसको परिणति लेखकले भन्दा पक्षले बेहोर्नुपर्ने अवस्था आएछ भने दुःखद् नियति मान्नुपर्ने हुन्छ।

पत्रकारिताको धर्मसमेत निर्वाह गरिरहेका एकजना कलमजीवी वकिल मित्रले ‘फलाना न्यायाधीशको इजलासबाट मैले बहस गरेको सबैजसो मुद्दा असफल हुन्छन्’ भनेर दुखेसो पोखेको भखैरै जस्तो लाग्छ । कलमजीवीको हैसियतमा लेखिएका केही लेखको परिणति हो भन्ने निजको निक्र्योल छ । यो हो भने कलमजीवी हुनुको पीडा असह्य हुनसक्छ ।मुद्दा सुनुवाइका सन्दर्भमा न्यायाधीश र निजउपरको आरोप भिन्न विषय हुन् भनेर तर्क गरिने बजारमा टाउकोमा हात राख्नुको अर्को विकल्प छैन।

मुलुकी ऐन, अदालती बन्दोबस्तको ३० नम्बरको व्यवस्था र यससम्बन्धी अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा देखिएको विचलनलाई कदाचित न्यायिक र विधिशास्त्रीय परिणति मान्न सकिँदैन । यसको सार्थक र सकारात्मक परिणति अहिलेको अनिवार्य सर्त हो । पुष्पकमल दाहालले महाभियोग लगाइने भनेर मन्तव्य दिइएको भनाइ सार्वजनिक भएको पाइन्छ । स्वार्थको खेती गर्ने नाममा राजनीतिक प्रतिशोधमा ‘महाभियोग’ र अदालती प्रतिशोधमा ‘अदालतको अपहेलना’ गरेको ठान्नु नितान्त नादानी र अपरिपक्वताको द्योतक हो । यस्तो सोचले राजनीति र स्वतन्त्र न्यायपालिकाबीच कलुषित वैमनुष्यता बढ्न सक्छ । तसर्थ यसलाई सरोकारवाला पक्षहरू मिलेर चाँडै समाधान गर्नु हतार भइसकेको छ।

चिन्ताको विषय के हो भने कान्तिपुरउपरको अदालतको अपहेलना मुद्दामा पराजुलीको इजलासबाट भएको आदेशबाट पत्रकारितामाथि गैरकानुनी अंकुस लगाइएको आरोप रिपोर्टस् विदाउट बोर्ड्स नामक अन्तर्राष्ट्रिय संस्थाले लगाएको छ । यो निश्चय पनि शुभसङ्केत होइन । उनी उभिएको धरातल सफा नराख्दा लामखुट्टेले हमला गर्नेछ भनेर मन्तव्य व्यक्त गर्दा न्यायाधीशविरुद्ध यस्तो तर्क दिएको भनेर आरोप लगाउने तत्कालीन प्रधानन्यायाधीश जीवितै छन् । आज पनि यसरी विवाद अन्तर्राष्ट्रिय चासोको विषय बन्नु भनेको आफू उभिएको धरातल सफा नभएको सन्देश हो । तसर्थ आपूm उभिएको धरातल सफा गर्नुको कुनै विकल्प छैन।

केही दिनअघि प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायपालिकाबारे सञ्चार जगतले भ्रमको खेती गर्न थालेको प्रसङ्ग उठाएका छन् । प्रकाशित समाचारमा कुन विषयमा भ्रमको खेती भएको हो भनेर उल्लेख गरिएको छैन तर उनीविरुद्ध उठाइएका विवादका विषयमा पराजुली यसो भन्न व्यग्र देखिएका हुन् । हुन त भाषणमा पोख्त देखिएका धेरै प्रधानन्यायाधीश भएको देशमा यति भन्नु कुनै आश्चर्य नमानिएला । न्याय सम्पादनको उत्कर्ष परिणति भनेको ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु हो तर गोलमटोल भाषामा दोषभार अरुमाथि थोपर्नु न्यायोचित मानिन्न।

सामाजिक मनोविज्ञानले कोरा तर्कमा विश्वास गर्दैन । यसभित्र कति निजात्मक विषय अन्तर्निहित छन्, क्रमशः भविष्यमा खुल्दै जानेछन् । यसबारे किन भिन्न लेख लेखिएन भन्ने प्रश्न उठ्नसक्छ तर यी लेख्न लायकका विषय होइनन् । फोहोरी राजनीतीकरणले ध्वस्त पारेको स्वतन्त्र न्यायपालिकामा यस्ता परिदृश्य स्वाभाविक हुन् । फोहोर मुहानबाट बग्ने पानीमा शुद्धता खोज्नुको कुनै औचित्य छैन।

न्यायाधीशमध्ये ज्यादै शालीन र भद्र मानिएका कृष्णजङ्ग रायमाझीले मेरो राजीनामा दिने कामप्रति असन्तुष्टि व्यक्त गरेका थिए । जागिरमा रहेर पनि संस्थाभित्रको गलत प्रविधि र प्रवृत्तिविरुद्ध कलम चलाइरहने मेरो स्वभावका कारण संस्थाभित्र मजस्ता मान्छेको आवश्यकता देखिएको रहेछ तर त्यस्तै लेख्ने गरिएका कारण राजीनामा दिन बाध्य भएको तथ्य आज पनि दोहोर्याउन चाहन्छु ।

म र मेरो मान्यताका कारण कतै न्याय मर्नसक्छ भने न्याय बचाउन पेशा छाड्न तयार हुनुपर्छ तर कलमजीवी हुनुको परिचयबाट टाढा हुन सम्भव छैन । अदालतको अपहेलनाको मार खान कलमजीवी सधैँ तयार हुनुपर्छ तर पेशामा रहेका व्यक्तिले लेख्न छाड्न बाध्य हुँदा र प्रतिशोधले गर्दा लेखनवृत्ति हराउँदै जाँदा पनि न्याय मर्नसक्ने सम्भावना रहन्छ । जताबाट पनि न्याय मर्नसक्छ भने यस्ता बाध्यता र प्रतिशोधविरुद्ध धेरैले ऐक्यबद्ध भएर लेखन कार्यमा लाग्नुपर्छ । अन्तमा, लेखनवृत्तिको शक्ति प्रदर्शन आजको अहम् लक्ष्य बन्न सक्नुपर्छ ।

प्रकाशित: २२ फाल्गुन २०७४ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App