coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

श्रीमतीको हत्या गरी प्रहरीमा हराएको उजुरी दिएपछि...

पाँचथर – श्रीमती हराएको भन्दै प्रहरीलाई खवर गरी खोजीनीति गराउने व्यक्ति नै हत्यारा भएको खुलेको छ। फिदिम नगरपालिका– ३ सिलौटीका ६१ बर्षीय डिक बहादुर सुनवार श्रीमतीको हत्या गरी पुरेको अभियोगमा पक्राउ परेका छन्। प्रहरीले ४२ बर्षीय श्रीमती गंगामाया सुनवारको डिक बहादुरले नै हत्या गरेर पुरेको रहस्य १५ दिनपछि खुलेको हो। 

गंगामायाको हत्या गरी घर नजिकैको आलुबारीमा पुरेको अवस्थामा शव फेला परेको पाँचथरका प्रहरी प्रमुख डीएसपी बामदेव गौतमले जनाए। ‘प्रहरी र स्थानीयबासी मिलेर बन क्षेत्र तथा विभिन्न ठाँउमा खोजी गरेका थियौं’, डीएसपी गौतमले भने, ‘जतिखेरै रक्सीमा लठ्ठिने, रुनेजस्ता फरक व्यवहार गरेपछि सुनवारमाथि अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा सुनुवारलाई शंका गरेपछि पोल खुल्यो।’ 

उनले आलुबारीमा श्रीमतीको हत्या गरी पुरेको बताएपछि प्रहरीले शव निकालेको छ। डिक बहादुरले आफूले श्रीमतीको हत्या गरेको स्वीकारेका छन्। उनले दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०७४ १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App