"
मेरो सहर मेरो सोच

‘छिनोको चोटले बढ्छ ढुंगाको मोल’

सोमबार, २१ फागुन २०७४, १३ : २५ उपेन्द्र लामिछाने



रुपन्देहीका रामजी कुशवाडिया (२२) ले काठमाडौं आई ढुंगामा छिनो चलाउन थालेको एक दशक भइसक्यो।

सानै उमेरमा अभिभावकको पछि लागेर ढुंगाका सामग्री बेच्न हिँड्ने उनी अहिले आफैँ सडकपेटीमा बसेर पुख्र्यौली पेसा धानिरहेका छन् ।मसला पिँध्न प्रयोग हुने सिलौटा बेच्ने उनी पछिल्लो समय आयस्तर केही सुध्रेको बताउँछन् ।  सिलौटा बेचेर पनि मसला किन्न नसक्ने जीवनस्तरबाट अहिले भने माथि उठ्न सकेको उनले जानकारी दिए ।

‘पहिले हाम्रो तरकारीमा मसला हुँदैनथ्यो,’ उनले भने, ‘अहिले स्थिति फेरिएको छ ।’ सिलौटा बेचेको आम्दानीबाटै उनले आफ्नी छोरीलाई निजी विद्यालयमा पढाउँदै छन् । सानो छोरालाई पनि निजी विद्यालयमै पढाउने तयारीमा छन् उनी।रुपन्देही देवीनगरका १९ वर्षीय घनश्याम कुशवाडियाको कथा पनि रामजीको भन्दा फरक छैन । आठ वर्षको  उमेरदेखि नै  घन र छिनो चलाउन थालेका उनी बाल्यकालमा धेरैपटक औँलामा चोट लागेको सुनाउँछन् । ‘यही चोटले हामीलाई सिकाउँदै लगेको छ,’ उनले भने, ‘पहिले औँलामा बढी चोट लाग्थ्यो,’ उनले भने, ‘अहिले ढुंगालाई बढी चोट लाग्छ ।’राजधानीका ढुंगा गोदामबाट आवश्यक ढुंगा छानेर ल्याई उनीहरू तिनलाई सिलौटा, जाँतो, लोहोरो, ओखललगायत सामग्रीमा ढाल्ने गर्छन् । राजधानीवासी नै उनीहरूका मुख्य ग्राहक हुन्।

चावहिल क्षेत्रमा सिलौटा व्यापार गर्दै आएका रामजी र घनश्यामको वरपर अन्य ६-७ जनाले पनि यस्तै व्यवसाय सुरु गरेका छन् । यसबाहेक चक्रपथका अन्य क्षेत्रमा पनि यस्ता काम गर्ने प्रशस्त भेटिन्छन् । चाडपर्वका बेला सिलौटा, लोहोरोलगायत सामानको व्यापार बढी हुने गरेको व्यवसायी बताउँछन्।
ढुंगाको गुणस्तर अनुसार सिलौटालगायतको मूल्य तय हुने घनश्याम बताउँछन् । एउटा सिलौटाको पाँच सयदेखि दुई हजार पाँच सय रुपैयाँसम्म पर्ने उनी बताउँछन् । त्यस्तै, जाँतोको एक हजार, ओखलको एक हजार दुई सय रुपैयाँ पर्ने उनले बताए । ‘ढुंगाको मात्र होइन, यसमा छिनो परेपछिको मोल हो यो,’ उनले भने, ‘छिनोको चोटले  ढुंगाको मोल बढ्छ ।’  







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सन्नी लियोनी अस्पताल भर्ना

सन्नी लियोनी अस्पताल भर्ना

बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी अस्पताल भर्ना भएकी छिन्। टिभी शो स्प्लिट्सविला सीजन ११ को शुटिङ्गका विरामी परेर चामुण्डा...

स्वस्तिमा बनिन् टेम्पो चालक

स्वस्तिमा बनिन् टेम्पो चालक

राजधानीमा टेम्पो चालक महिलाको संख्या उलेख्य छ यसैले महिला चालक हुनु नयाँ भएन। तर शुक्रबार बिहान विजुली बजार क्षेत्रमा चलेको...

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...