८ वैशाख २०८१ शनिबार
समाज

चमेलियाको अनसन फिर्ता

दार्चुला – आफ्ना माग पूरा नभएको भन्दै शैल्यशिखर नगरपालिका–१ बारिलका स्थानियले थालेको आमरण अनसन फिर्ता लिएका छन्। चमेलिया जलविद्युतको विद्युत गृह नजिक अनसन थालेका स्थानीय र चमेलिया जलविद्युत् परियोजनाबीच सहमति भएपछि अनसनफिर्ता लिएका हुन्। चमेलिया जलविद्युत् आयोजनाले निर्माण कार्य सुरु गरेदेखि आफ्ना माग पूरा नगरेको भन्दै स्थानीयले अनुसन थालेका थिए। खानेपानी मुल संघर्ष समिति गठन गरेर अनसनमा बसेका स्थानीय र चमेलिया जल विद्युत् आयोजनाबीच १२बुँदे सहमति भएपछि ७२ घण्टापछि आमरण अनसनतोडेको खानेपानीमुल संर्घष समितिका सचिव सुरेन्द्रबहादुर तितराले बताए।

माग पूरा नभएको भन्दै संघर्ष समितिका अध्यक्ष शंकर खडायत, सचिव सुरेन्द्रबहादुर तितरा तथा समितिका सल्लाहकार सदस्य परमानन्द खडायतले आमरण अनसन सुरु गरेका थिए। सहमतिपत्रमा आयोजनाका तर्फबाट उपप्रबन्धक पुष्पराज जोशी र संघर्ष समितिका अध्यक्ष शंकर खडायतले हस्ताक्षर गरेका छन्। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको रहोवरमा शनिबार जुस खुवाएर अनसन तोडेका हुन्। 

खानेपानी समस्या समाधानको लागि सात दिनभित्र ठेक्का प्रकृया चाल्ने, आगामी असारसम्म गाउँमा विद्युतीकरण गर्ने, दार्चुला बैतडीलाई एक महिनाभित्र लोडसेडिङ मुक्त गर्ने, आयोजनाले जग्गा कटान गरेको क्षेत्रमा तारजालीको व्यवस्था गर्ने, आयोजना प्रभावित क्षेत्रमा निःशुल्क विद्युत् उपलब्ध गराउन विद्युत् प्राधिकरणमा पत्राचार गर्ने लगायतका बुँदामा सहमति भएको प्रजिअ गौतमले बताए।

प्रकाशित: १९ फाल्गुन २०७४ १५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App