७ वैशाख २०८१ शुक्रबार
राजनीति

अझै केन्द्रीकृत मानसिकता कायमै : मन्त्री आङबो

पाँचथर – संघियता कार्यान्वय भईसक्दा पनि कर्मचारी र केहि राजनीतिक दलका नेताहरुमा केन्द्रीकृत मानसिकता कायमै रहेको प्रदेश १ का आर्थिक मामिला तथा विकास मन्त्री इन्द्र आङबो ‘मौसम’ ले बताएका छन्। शुक्रवार बिहान फिदिममा पत्रकारहरुसँग कुराकानी गर्दै आङ्बोले मन्त्री भएको दुईसाता पुग्दासम्ममा आफूले यस्तो अनुभुक्ति गरेको बताएका हुन्।

जनताको हातमा आएको अधिकार केन्द्रमा लैजान खोज्ने जुनसुकै षड्यन्त्र परास्त गरीने उनले बताए। आर्थिक रुपमा भार पर्ने विश्लेषण व्यहारीक नभएको उनको भनाई थियो। अनावश्यक खर्च कटाएर प्रदेश सञ्चालन हुने उनको भनाई थियो। आगामी बजेटबाट प्रदेशको विकासका लागि पर्याप्त र उपलब्धिमूलक कार्यक्रम अघि सारीने उनको भनाई थियो।

जनताको भरोसालाई कम हुन नदिने प्रतिवद्धता समेत उनले व्यक्त गरे। पार्टी र व्याक्तिको लोकप्रियता भन्दापनि बाम एकताको हिसाबमा मतप्राप्त भएकाले जनताको अभिमत अनुसार काम हुने उनको भनाई थियो। पहिलो पल्ट गृह जिल्ला आइपुगका आङ्बोलाई नेकपा (माओवादि) केन्द्र  र पार्टीको जनवर्गिय संगठनहरुले स्वागत तथा सम्मान गरे।
 

प्रकाशित: १८ फाल्गुन २०७४ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App