"

टोलटोलमा गुनासो सुन्दै जनप्रतिनिधि

बुधबार, १६ फागुन २०७४, ०६ : ५० भीम चापागाईं




इलाम– चुनावका बेला ठूलाठूला आश्वासन दिने तर जितेपछि ‘फर्केर हेर्दै नहेरेको’ आरोप जनप्रतिनिधिमाथि लाग्दै आएको छ । धेरै मतदातालाई आधार मान्ने हो भने यो आरोप असत्य पनि होइन । तर, सूर्याेदय नगरपालिकाका जनप्रतिनिधि भने यतिबेला टोलटौलमै पुगेर मतदाताको चाहना, आवश्यकता र गुनासो सुन्दैछन्।

 स्थानीय तह निर्वाचन सकिएको ७ महिनापछि यहाँका जनप्रतिनिधिले ‘गुनासो चौतारी’ अभियान चलाएका छन् । निर्वाचन हुनुअघि दिइएका आश्वासन, चुनावी घोषणापत्रमा लेखिएका विकासे आयोजना कार्यान्वयनको सम्भाव्यता र भइरहेका प्रयासबारे गुनासो चौतारीमा छलफल हुन्छ ।

नगरपालिकाका मेयर रणबहादुर राईले चुनावताका उम्मेदवारले बाँडेका आश्वासनलाई कुन अवधारणामा समेट्न सकिन्छ भनेर टोलटोलमै पुगेर छलफल गर्न थालिएको बताए । ‘विभिन्न वडाका टोलमा पुगेर अब गर्नुपर्ने कामबारे छलफल गरिरहेका छौं,’ मेयर राईले भने, ‘जनतालाई जागरुक बनाउन सकेमात्र हामी सफल हुनसक्छौं भन्ने सोचले उनीहरूसँग प्रत्यक्ष छलफलमा जुटेका हौं ।’

जनप्रतिनिधिले गाउँमै टोलटोलमा पुगेर समस्या सुन्ने र सुझाव लिन थालेपछि सर्वसाधारण पनि खुसी देखिएका छन् ।

 मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यसमेत सहभागी गराएर नगरपालिकाले नागरिकसँग प्रत्यक्ष छलफल गराइरहेको छ । ‘एक चरण जनताको गुनासो सुन्दै नगरपालिकाका १४ मध्ये आधा वडामा पुगिसकिएको छ,’ मेयर राईले भने, ‘टोलटोलसम्म पुगेर सर्वसाधारणको गुनासो सुन्ने, सुझाव लिने र त्यहीअनुसार नीति–कार्यक्रम बनाउने योजनामा छौं ।’ पहिलो चरणमा प्रत्येक महिना टोलटोलमा गुनासो चौतारी लैजाने र पछि प्रत्येक साता यो अभियान चलाउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

गुनासो चौतारीमा सर्वसाधारणले सक्रियतासाथ भाग लिइरहेका छन् । ‘स्थानीयले सडक, बिजुली, खानेपानी, सहरी विकास, कृषि, पशुपालनलगायत क्षेत्रको विकासका लागि भारी सुझाव दिइरहनुभएको छ,’ मेयर राई भन्छन्, ‘अब गर्नुपर्ने कामका लागि मात्र होइन, हिजो जनप्रतिनिधिविहीन अवस्थामा स्थानीय तहमा भएका अनियमितताबारे पनि सर्वसाधारणले खुलेर सूचना दिनुभएको छ ।’ जनप्रतिनिधिले गाउँमै टोलटोलमा पुगेर समस्या सुन्ने र सुझाव लिन थालेपछि सर्वसाधारण पनि खुसी देखिएका छन् । दुई दशकसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको थियो । सर्वसाधारणका समस्या उनीहरूको घर र टोलसम्म पुगेर सोधीखोजी गरिदिने कोही थिएनन् ।

नगरपालिकाको समाल्बुङ गाउँका सोम राईले भने, ‘जितेर गएका नेता गाउँ फकिँदैनथे तर अहिले नगरपालिकाका जनप्रतिनिधि गाउँ आएर सन्चो–बिसन्चो मात्रै सोध्दा पनि आनन्द हुँदोरहेछ ।’ नगरपालिकाले नागरिकको गुनासो सुन्न ‘हेल्लो सूर्याेदय’ अभियान पनि चलाउने भएको छ । यसअन्तर्गत सर्वसाधारणले आफूलाई लागेको जिज्ञासा र सुझाव नगरपालिकासम्म पुर्याउने संयन्त्र तयार गरिनेछ । ‘जनताले प्रत्यक्ष रूपमा दिएको सुझाव र योजनाले आउँदा कार्यक्रम बनाउन हामीलाई निकै सजिलो हुन्छ,’ प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले भने, ‘नागरिकका वास्तविक आवश्यकता के छन् भन्ने बुझेर बनाएका योजना, नीति र कार्यक्रम नै सबैभन्दा प्रभावकारी हुन्छन्।’

  नगरपालिकाले सर्वसाधारणसँग सम्बन्ध स्थापना र सेवाग्राहीको काम छिटोछरितो गर्न सबै कामलाई डिजिटल प्रविधिमा लैजाँदै छ । डिजिटल प्रविधि प्रयोगले काम छिटो र मितव्ययी हुने अनुभव कर्मचारीको छ । ‘नागरिकको सूचनाको हक स्थापित गर्दै सबैजसो योजनामा सहभागिता जुटाउन सर्वसाधारणसँग प्रत्यक्ष जोडिएर काम गर्नेछौं,’ मेयर राईले भने ।


 

 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सन्नी लियोनी अस्पताल भर्ना

सन्नी लियोनी अस्पताल भर्ना

बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी अस्पताल भर्ना भएकी छिन्। टिभी शो स्प्लिट्सविला सीजन ११ को शुटिङ्गका विरामी परेर चामुण्डा...

स्वस्तिमा बनिन् टेम्पो चालक

स्वस्तिमा बनिन् टेम्पो चालक

राजधानीमा टेम्पो चालक महिलाको संख्या उलेख्य छ यसैले महिला चालक हुनु नयाँ भएन। तर शुक्रबार बिहान विजुली बजार क्षेत्रमा चलेको...

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...