coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महिला उद्यमी मेलामा होलीको रौनक

बाँके- नेपालगन्जको बागेश्वरी मन्दिर परिसर सधै ब्यस्त हुने गर्छ। दैनिक धार्मिक आस्थाराख्नेको भिड देखिन्छ मन्दिर वरपर । तर पछिल्लो चार दिन बागेश्वरी मन्दिरको पार्किङ क्षेत्र ब्यापारले ब्यवस्त बन्यो । त्यो पनि महिला केन्द्रित ब्यापार । मन्दिर परिसरमा पहिलो पटक महिला उद्यमीले उत्पादन गरेका सामान बिक्री गर्ने केन्द्र बन्यो मन्दिरको पार्किङ क्षेत्र । चार दिन सम्म चलेको होली महोत्सव तथा ब्यापार मेलामा टिटिहिरियाकी लक्ष्मी होलीले उत्पादन गरेको सिन्की, अचार, दाल, तेल देखी लिएर धम्बोझीकी शान्तोना राणाले डिजाइन गरेका आधुनिक कपडामा आम उपझोत्ताको चासो थियो । मेलाको समापनमा महिला उद्यमी उत्साही देखिन्थे । महिला उद्यमीले होलीको प्रतिक अबिर लगाएर खुसी साटेर मेलाको समापन समेत गरे । ब्यापार मेलामा होली पर्वको रौनिकता झल्कन्थ्यो। 

बागेश्वरी मन्दिरमा पहिलो पटक महिला उद्यमीले आयोजना गरेको ब्यापार मेलामा उद्यमी बन्ने सोचसँगै बजारको बारेमा चर्चा चल्यो । र महिलाले कसरी उद्यमी शिलता बढाउने र बजार कसरी खोज्ने जस्ता कुराहरु सिकेको बताउँछिन ग्रामिण महिला उद्यमी लक्ष्मी ओली । बाँकेमा महिला उद्यमीलाई प्रोत्साहन गर्ने लक्ष्य सहित गरिएको मेलामा ३० स्टल राखिएका थिए । निशुल्क रुपमा राखिएका ती स्टलमा महिलाले आफनो घरमा उत्पादन गरेका सामाग्री देखी लिएर आद्युनिक ब्यापार तर्फ अगाडी बढिरहेका स्टलमा महिलाले आफना सामाग्री बिक्रीका लागी राखेका थिए ।

सोमबार एक आपसमा रातो अबिर लगाएर सकिएको मेलाले महिलालाई उद्यममा लाग्न नयाँ उत्साह थपेको बताउँछिन महिला उद्यमी संघ बाँके अध्यक्ष साबित्रा बस्नेतले । उनले भनिन, ‘हामी महिलालाई कसरी उद्यमी बनाउने सोचका साथ अगाडी बढेको छौं । तेस्रो पटक हामीले मेला गर्यौं। तर सार्वजनिक स्थानमा पहिलो पटक गरेको हौं। पहिलो पटकको प्रयासमा हामीले धेरै सफलता हासिल गरेको छौं । यसले अगामी दिनमा आफनो सानो लगानीबाट पनी उद्यमी बन्न सकिन्छ भन्ने सन्देश दिएको छ ।’

मेलामा शहर र ग्रामिण महिलाहरुको उत्पादलाई बिक्रीका लागी राखिएको बस्नेतले बताइन । यसले शहर र ग्रामिण क्षेत्रमा संघर्ष गरिरहेका महिलामा आत्मविश्वास बढने उनको बुझाई छ ।

सोमबार मेलाको समापन गर्न पुगेको नेपालगन्ज उपमहानगर पालिका उपमेयर डा. धवल शमसेर राणाले मेला ग्रामिण र नगरका महिलाले एक ठाउँमा बसेर काम गरे विकसित नगर बनाउन सहयोग पुग्ने बताए । उनले भने, ‘महिलालाई लक्षित गरेर हजारौ तालिम हुन्छन । तर तिनीहरुको उपलब्धी कति भैरहेको छ भन्ने थाहा छैन । तर महिलाले बजारमा प्रतिस्पर्धामा जाने सोचका साथ अगाडी बढनु पर्छ । बजार बुझेर उत्पादन गर्नु पर्छ।’

उद्यमशिल महिला अगाडी बढेर आए नगरपालिका उपलब्धी मुलक सहयोग गर्न तयारी रहेको राणाले बताए।

महिला उद्यमी संघ बाँकेले तिन वर्ष अघि देखी महिलाहरुलाई लक्षित गरेर मेला आयोजना गरिरहेको संघकी अध्यक्ष सुशिला गौतमले बताइन। तर पहिलो पटक ब्यावसायिक रुपमा साझा ठाउँमा पहिलो पटक गरेको उनले बताइन। यसअघि निजि ब्यक्तिको जग्गामा महिलाले आफुले उत्पादन गरेको सामान होली महोत्सवका अवसरमा बिक्रीका लागी राख्ने गरेका थिए।

नेपालगन्ज उपमहानगर पालिका उपमेयर उमा थापा मगरले महिला उद्यमी संघ आफै अग्रसर भएर ब्यापार मेला गर्नु महत्वपुर्ण कार्यको सुरुआत भएको बताइन । उनले भनिन, ‘महिलाले हामी गर्न सक्छौ भनेर अग्रसर भए सहयोग सबैले गर्छ । नगरपालिका महिला उद्यमीको विकासका लागी सहयोग गर्न तयार छ । तर त्यसका लागी महिला उद्यमीले आफुले उत्पाद गरेका सामानलाई समय सापेक्ष बजार बुझेर काम गर्नु पर्छ । बजार नबुझेर काम गर्नु हुदैन। परिर्माजन गरेर बजार लक्षित उत्पादन बढाए सफल हुन सकिन्छ ।’

 

प्रकाशित: १४ फाल्गुन २०७४ १३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App