७ वैशाख २०८१ शुक्रबार
राजनीति

रेशम चौधरीद्वारा अदालतमा अात्मसमर्पण

तस्बिर: दिलबहादुर छत्याल

कैलाली– कैलाली जिल्ला क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरी आज सोमवार कैलाली जिल्ला अदालतमा आत्म समर्पण गरेका छन् ।  

२०७२ भदौ ७ गतेको टिकापुर घटनाका मुख्य आरोपी चौधरी प्रहरीकाे सर्वाधिक खोजी सूचीमा थिए । टिकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ अधिकृतसहित आठ जना मारिएका थिए ।

फरार अवस्थामा रहेका चौधरीले वारेसमार्फत राष्ट्रिय जनता पार्टीको तर्फबाट निर्वाचन लडेका थिए तर विजयी भएपछि उनलाई प्रमाणपत्र दिन निर्वाचन आयोगले अस्वीकार गरेको थियो । उनले अाफ्नी श्रीमतीलाई वारेसनामा दिएर प्रमाणपत्र लिन अनेक प्रयास गरेपनि प्रमाणपत्र पाएका थिएनन् ।

फागुन २० गते प्रतिनिधि सभाका सदस्यको सपथग्रहण र २१ गतेदेखि अधिवेशन आह्वान भएको सन्दर्भमा चौधरीले अदालतसामू आत्मसमर्पण गरेका हुन् ।

 

प्रकाशित: १४ फाल्गुन २०७४ ०५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App