७ वैशाख २०८१ शुक्रबार
कला

‘भुइयाँ’लाई ‘पहिचान पुरस्कार’

काठमाडौं– लेखक, अनुवादक तथा सञ्चारकर्मी यज्ञशको पछिल्लो कृति ‘भुइयाँ’ले ‘पहिचान पुरस्कार २०७४’ प्राप्त गरेको छ । राजधानीमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले २ लाख २ हजार २ रुपैयाँ राशिको पुरस्कार कृतिका लेखक यज्ञशलाई प्रदान गरेका थिए।

कार्यक्रममा काइँलाले विभेद मानसिकता र भौतिक संरचना जताततै रहेको दाबी गर्दै नेपालमा ‘भर्टिकल’ मात्रै नभएर ‘होरिजेन्टल’ विभेद पनि छ भन्ने कुरा ‘भुइयाँ’ पढेपछि थाहा पाइने बताए । ‘नेपालमा पहिचानको मुद्दा वामपन्थीहरूले ४५–४६ पछि विशेष प्राथमिकतामा राखे । तर पछिल्लो समय उनीहरूले यो मुद्दालाई छोडेका छन्,’ उनले भने,‘विश्व सन्दर्भमा र नेपाली र नेपालकै सन्दर्भमा यसका विभिन्न आयाम छन् ।’  ‘भुइयाँ’मा नारी पात्रको उपस्थिति सशक्त रहेको र पुस्तक पढिरहँदा नारीहरू उनीहरूको आत्मविश्वासले प्रभावित पार्ने उनको कथन थियो।

लेखक यज्ञशले नेपालमा ‘पहिचान’ भन्ने बित्तिकै जनजातिको मात्रै हो भन्ने गलत बुझाई रहेको बताए । ‘पहिचान जनजातिको मात्रै होइन । हिजो जो जसरी पछि प¥यो, पारियो अब पनि त्यही ठाउँमा रहनु भनेको गणतन्त्रकै उपहास हो’ उनले भने ‘आगामी दिनमा यस्तो स्थितिको अन्त्य गरिनुपर्छ ।’
लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले नेपालमा हस्तक्षेप लेख्न बाँकी रहेको बताए । ‘यहाँ रोदन, हाँसो, आक्रोशका कुरा धेरै लेखिए, अब लेख्न बाँकी हस्तक्षेप हो’ उनले भने ‘आख्यान लेखिरहेका यज्ञशको भुइयाँ गैरआख्यान अवतार हो ।’ आख्यानकार राजन मुकारुङले ‘भुइयाँ’ पढिरहेको समयमा किताब कहिल्यै नसकियोस् भन्ने लागेको अनुभव बाँडे।

नाट्यकर्मी अनुप बरालले काठमाडौं आएपछि यज्ञशको संगत र प्रतिभाले अहिलेको अवस्थामा ल्याइपु¥याएको बताए । ‘जन्मजात कोही पनि विशेष प्रतिभाशाली हुँदैन । उसले बाँचेको समाजले डोर्याउँछ,’उनले भने, ‘अहिलेका मुडुले यज्ञश पहिले लामो र कर्लि कपाल पालेको हुलियामा थिए।’पुरस्कारका संस्थापक नरेश काङमाङ राईले पहिचान कुनै ‘वाद’ नभएर यो एक आन्दोलन र अभियान मात्रै रहेको बताए । उनले हरेक ५ वर्षमा पुरस्कार राशि वृद्धि गरिने बताए । सन् २०२० मा पुरस्कारको रकम ३ लाखभन्दा बढि पु¥याइने उनले जानकारी गराए।

प्रकाशित: १४ फाल्गुन २०७४ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App