८ वैशाख २०८१ शनिबार
खेल

क्रसफायरको बाइक स्टन्ट ! (फोटो फिचर)

बाइक स्टन्ट गर्दै राइडर रविन श्रेष्ठ र सुरज दा । सबै तस्बिर: उमेश पुन/नागरिक

कास्की– पोखरामा क्रसफायर मेगा राइड टुर २०१८सम्पन्न भएको छ । युवापुस्तामा लोकप्रिय बाइकको मार्केटिङ तथा ब्रान्डिङका लागि क्रसफायर बाइकको नेपालबिक्रेता कास्की एक्सपर्ट एन्ड इम्पोर्ट प्रालिले टुरको आयोजना गरेको थियो ।

क्रसफायरका सोखिन सयौं युवापुस्ताका राइडरहरूले टुरअन्तर्गतका विभिन्न विधामा भाग लिए । अमरसिंह चोकस्थित बास्केटबल कोर्टमा कम्पनीका राइडरहरु रबिन श्रेष्ठ र सुरज दाले खतरनाक बाइक स्टन्टमार्फत मनोरञ्जन दिलाएका थिए ।

क्लासिक ह्विल्स एक्सपर्ट एन्ड इम्पोर्टस् प्रालिले प्रायोजन गरेको टुरमा सिटी राइटड स्लो रेस तथा स्टन्टहरू भएका थिए । क्रसफायरका ग्राहकलाई प्रालिले शनिबार बिहान पोखरा बजार परिक्रमा गराएको थियो । यसमा २१ जनाले भाग लिएका थिए ।यस्तै, स्लो रेसमा १६ जनाले भाग लिएका थिए । कम्पनीले विजेता तथा उपविजेता र उत्कृष्ट ग्राहकलाई आकर्षक पुरस्कार दिएको थियो ।

कम्पनीले यसअघि धरान, बिर्तामोड, चितवन, बुटवलपछि पोखरामा उक्त कार्यक्रम आयोजना गरेको कम्पनीका हेड अफ अप्रेसन सुरेन्द्र दण्डेखियाले जानकारी दिए । मेगा टुरको अन्तिम कार्यक्रम काठमाडौं हुनेछ ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App