७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

राउटे बालबालिकाको दैनिकी (फोटो फिचर)

तस्बिर सबै: गोविन्द केसी/ नागरिक

दैलेख– यस जिल्लाको भैरवी गाउँपालिका अन्तर्गत खोलीबजारमा रहेको छामघाट खोला किनारमा अहिले राउटे सरेर आएका छन् । राउटे बालबालिका खोला किनारमै खेलेर दिन बिताउने गरेका छन् । राउटेले पढ्न गाह्रो नहुने अन्धविश्वासका कारण शिक्षादीक्षा यो बस्तीमा पुग्न सकेको छैन । आफ्ना अभिभावकको देखासिकीमा काठका भाँडा बनाउने गरेका राउटे बालबालिका दिभर खोला किनारमै खेल्छन् ।

पोसिलो खानेकुरा नहुँदा बच्चामा कुपोषणको खतरा उत्तिकै छ । अचेल आफ्ना अभिभावकले सूर्ती र रक्सी खानेभएपछि राउटे बच्चा पनि त्यसको लतमा परेका छन् । उनीहरु महिनादिनमै बस्ती परिवर्तन गरिरहने भएपनि गाउँ आसपासमा सर्ने गर्छन् ।

विगतमा घनाजंगलबीचमा बस्ने उनीहरु अहिले गाउँनजिक बसेर आफ्नो जीविका चलाउँछन् । जगलमा पाइने खानेकुरा खाएर जीविकोपर्जन गर्ने उनीहरु आजभोली बजारमा पाइने खानेकुरा किनेर खान्छन् । सरकारले उनीहरुलाई प्रतिव्यक्ति जन्मेदेखि दुई हजरा मासिक भत्ता दिंदै आएको छ । राउटेहरु धेरै परिवर्तनशील भएका छन् ।

तस्बिर सबै: गोविन्द केसी/ नागरिक
तस्बिर सबै: गोविन्द केसी/ नागरिक
तस्बिर सबै: गोविन्द केसी/ नागरिक
तस्बिर सबै: गोविन्द केसी/ नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App