८ वैशाख २०८१ शनिबार
कला

आठ जिल्लामा फेरि ‘संरक्षण’

काठमाडौं– गत साउन २७ गते सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘संरक्षण’ फागु पूर्णिमाको अवसर पारेर तराईका ८ जिल्लामा पुनः प्रदर्शन हुने भएको छ । वर्षाले तराईका अधिकांश भू–भाग डुबानमा परेर फिल्मले अपेक्षा अनुसार दर्शक नपाएपछि सौगात मल्ल र निखिल उप्रेती अभिनित फिल्मलाई फागुन १७ गते पुनः प्रदर्शन गरिन लागेको हो।

निर्माता प्रदीपकुमार उदयले फिल्म होलीको छेको पारेर विराटनगर, जनकपुर, राजविराज, गौर, वीरगञ्जलगायत ८ जिल्लामा फिल्म पुनः प्रदर्शन हुन लागेको जनाए । ‘अघिल्लो पटक रिलिजको समयमा तराई पूरै डुबानमा थियो । त्यसकारण दर्शकहरू फिल्म हेर्न हलसम्म आउन पाउनुभएन,’ निर्माता उदयले भने, ‘त्यसकारण होलीको मौका छोपेर फिल्मलाई पुनः प्रदर्शनमा ल्याउन लागेका हौं । होलीको माहोलमा फिल्मले राम्रो व्यापार गर्ने आशा छ।’

पूर्णेन्द्रकुमार झाको निर्देशन रहेको फिल्मले तराई क्षेत्रमा हुने राजनीति र त्यसले जनता र प्रहरीलाई पुर्‍याएको असरलाई प्रस्तुत गरेको छ । फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरसिया, मलिना जोशी, प्रमोद अग्रहरी, रमेश रञ्जन झा, अशिष्मा नकर्मी, रमेश बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा प्रदिपकुमार उदय र नरेन्द्र महर्जनको लगानी छ।

प्रकाशित: १३ फाल्गुन २०७४ ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App