८ वैशाख २०८१ शनिबार
अर्थ

सुख्खा बन्दरगाहमा आफूखुशी रकम असुल्दै भारतीय कम्पनी

सिर्सिया सुख्खा बन्दरगाहमा रेल्वेबाट आयात गरिएको मालबस्तुहरुलाई अनलोड गर्दै । तस्बिर : नागरिक

बारा – सुख्खा बन्दरगाहको सञ्चालन गर्ने जिम्मा पाएको भारतीय कम्पनी हिमालयन टर्मिनल प्रालिले हयान्डलिङ्ग चार्ज र पार्किग शुल्लको नाममा आफु खुशी रकम असुली गरेको पाइएको छ।

नेपाली आयातकर्ता र सरकारी पक्षलाई जानकारी नै नदिई हिमालयन टर्मिनल प्रालिले बन्दरगाहमा आयात गरिने  प्रति टन माल बस्तुहरुको हयान्डलिङ्ग चार्जमा १० प्रतिशत बढी रकम र एक रुपैया पनि नलाग्ने पार्किक शुल्कको नाममा समेत सयौ रुपैया असुली  गर्न शुरु गरेको नेपाली आयातकर्र्ताहरुले बताएका छन्।

‘हिमालयन टर्मिनलले पहिला सुख्खा बन्दरगाहबाट एक टन मालबास्तु ढुवानी गर्दा एक सय सात रुपैया लिने गरेको थियो,’ वीरगन्ज उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्षय तथा आयातकर्ता प्रदिप केडियाले भने, अहिले कसैलाई थाहा नै नदिई आफु खुशीप्रति टन एक सय १८ रुपैया असुली गर्न शुरु गरेको छ।’

आयातकर्ताहरुले प्रति टन ११ रुपैयाँ बढी दिनु पर्दा एक रैकमा झण्डै २० देखि २७ हजार बढी रकम हिमालयन टर्मिनल प्रालिलाई  तिर्नु पर्ने बाध्यता आएको केडियाले बताए। पहिला बन्दरगाहमा ढुवानी गरिएको बाल बस्तुहरुलाई ढुवानी गर्ने कार्यम प्रयोग गरिने ढुवानीका साधनहरुबाट एक रुपैया पनि पार्किक शुल्क नलाग्ने गरे पनि अहिले पार्किको नाममा एक ढुवानीका साधनबाट चार सय भन्दा बढी रुपैयाँ हिमालयन टर्मिनल प्रालिले असुली गर्न शुरु गरेको उनले बताए।

ढुवानीको साधनहरुबाट कन्टेनल ढुवानी व्यवसायी भैराराम पटेलको समुहले जबरजस्ती पर्किग शुल्क ढुवाने गरेको यातायात व्यवसायीहरुले गुनासो गरेका छन्।

वीरगन्ज उपमहानगरपालिकाको सिर्सियामा निर्माण गरीएको नेपालको एक मात्र सुख्खा बन्दरगाहमा भारत र तेस्रो मुलुकबाट आयात गरीने मालबस्तुहरुलाई भारतको बिभिन्न बन्दरगाहबाट रेल्वेको माध्यमले ढुवानी हुने गरेको छ। भारतको कोलकाता र बिशखमपटनम बन्दरगाहबाट रेल्वेको माध्यमले सुख्खा बन्दरहागसम्म बढी मात्रामा मालबस्तुहरु ढुवानी हुने गरेकोको हिमालयन टर्मिनलले जनाएको छ।

रेल्वेको माध्यमले सर्सिया सख्खा बन्दरगाहमा कन्टेनर, बोराबन्दी र फलाम गरी तिन थरीका मालबस्तुहरु भारतको बिभिन्न बन्दरगाहबाट रेल्वेको माध्यमले आयातकर्ताहरुले याहाँसम्म ढुवानी गर्ने गरेका छन्।

एक रेक बोराबन्दीमा २४ सय देखि २५ सय टन , कन्टेनरमा १५ सय देखि २० सय र फलाममा २५ सय देखि २७ सय टन बाल बस्तुहरु ढुवानी हुने गरेको छ।

औसतमा बोराबन्दी, कन्टेनर र फलामको रेग गरी प्रति महिना ७५ देखी ८२ रेक मालबस्तुहरु ढुवानी हुने गरेको अवस्थामा हिमालयन टर्मिनलले बढाएको १० हयान्डलिङ्ग चार्जले नेपाली आयातकर्ताहरुले थप २० लाख बढी तिर्न बाध्य भएको केडियाले बताए।

नेपालमा भारत र तेस्रो मुलुकबाट आयात गरीने मालबस्तुहरुलाई सजिलो र कम खर्चमा ढुवानी गर्नको लागि विश्व बैंकको ८ सय २ मिलियन डलर ऋण सहयोगमा यो बन्दरगाह निर्माण गरिएको थियो।

हिमालयन टर्मिनल प्रालिले आफुखुशी मालबस्तुमा हयान्डलिङ्ग चार्ज र ढुवानीका साधनमा पार्किक शुल्क असुली रहकोको बारेमा नेपाली क्षपलाई जानकारी गराएको केडियाले बताए।

उनले बाणिज्य मन्त्रालय र ईन्टरमोडेललाई हिमालयन टर्मिनल बढी रकम असुली गरेको कार्यको तत्काल रोक्न माग गर्दै लिखित बिरोध गरिए पनि सरकारी पक्षबाट कारवाहीमा ढिलासुस्ती भएको केडियाले बताए।

देशकै ठूलो औद्योगिक करिडोर रहेको वीरगन्ज –पथलैया, हेटौडाँ लगायतका औद्योगिक करिडोरमा रहेका उद्योगहरुले ६० प्रतिशत भन्दा बढी कच्चा पदार्थ यसै बन्दरगाहबाट ढुवानी हुने गरेको छ।

सिर्सिया सुख्खा बन्दगाहको संचालनको जिम्मा पाएका हिमालयन टर्मिनलन प्रालीका बरिष्ट प्रबन्धक अनिवेश कुमारले नियम अनुसार नै मालबस्तुहरुमा १० हयान्डलिङ्ग चार्ज बढाएको बताएका छन्। हालै बढाईएको १० हयान्डलिङ्ग चार्जको आयातकर्ताहरुले नबुझेर बिरोध गरेको कुमारले बताए।

नेपाल सरकारसँग भएको सम्झौता अनुसार सन २०१५ जनवरी ६ देखि २०२० जनवरी ७ सम्म गरी पाँच बर्ष सम्मको लागि हिमालयन टर्मिनले सुख्खा बन्दरगाहको संचालनको जिम्मा पाएको कुमारले बताए।

सरकारसँग भएको सम्झौतामा नै हिमालयन टर्मिनले तीन बर्ष पछि १० प्रतिशत ह्यान्डलिङ्ग चार्ज बढाउने सकिने उल्ल्ोख गरेको आधारमा नै अहिले हामीले हयान्डलिङ्ग चार्जले बढाएको उनले बताए।

ढुवानीका साधनहरु एक दिन भन्दा बढी समयसम्म बन्दरगाहका रोकी राख्ने भएकोले त्यसताबाट पर्किग शुल्क असुल्न शुरु गरीएको उनले बताए।

सिर्सिया बन्दरगाहाबाट भारत, चीनका साथै फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड, इटली, अमेरीका, जर्मनी लगायतका तेश्रो मुलुकहरुबाट समेत मालसामान आयात हुने गरेको छ।  विदेशी मदिरा, फर्निचर, विद्युतीय उपकरण, प्लाष्टिकको दाना, फलाम, एमएसबिलेट लगायतका औद्योगिक कच्चा पदार्थहरु समेत यो बन्दरगाह हुदै आयात हुने गर्दछ।

ठूलो लगानीमा मुलुककै उत्कृष्ट पूर्वाधार भएको बन्दरगाह निर्माण हुदा समेत सरोकारवाला निकायहरुले यसको समुचित संचालन गर्न नसकेकै कारण समेत यो बन्दरगाह हाल सम्म पूर्ण क्षमतामा संचालनमा आउन नसकेको दाबी समेत आयातकर्ताहरुले गरेका छन्।

बन्दरगाह संचालनको ठेक्का लिएको हिमालयन टर्मिनल प्रालिले यसको संरक्षण र सरसफाई समेत राम्रोसँग गर्न नसकेको र आयातकर्ताहरुबाट रकम मात्रै असुल्ने कार्य गरेको आयातकर्ताहरुले बताएका छन्।

प्रकाशित: १२ फाल्गुन २०७४ १५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App