"

बलिउडमा जमेका 'विदेशी' नायिका

शनिबार, १२ फागुन २०७४, २० : ५४ एजेन्सी


मुम्बई – बलिउडमा केही यस्ता नायिका छन् जो विदेशमा जन्मेर पनि बलिउडमा राज गरिरहेकी छन्। भन्ने गरिन्छ बलिउडमा जम्नका लागि हिन्दी पनि राम्रो हुनुपर्छ। तर भारतका केही यस्ता नायिका छन् जसको नाम र काम नै पहिचानका लागि काफी छ। त्यस्ता केही नायिकाको यहाँ चर्चा गर्न खोजिएको छ।

कट्रिना कैफ

कट्रिना कैफ बलिउडकी सफल नायिकामा पर्छिन। उनको वास्तविक नाम कट्रिना टाँरकूटो हो। उनी १६ जुलाई १९८३ मा हङकङमा जन्मेकी हुन्। हङकङमा जन्मेकी कट्रिनाको नागरिकता भने ब्रिटेनको छ। उनले २००३ मा ‘बुम’ फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन्। 

२००४ सालमा ‘मल्लीस्वरी’ चलचित्रमा अभिनय गरेपनि उनको पहिचान भने सलमानको ‘मैने प्यार क्यु किया’ बाट स्थापित भयो। त्यसपछि उनीद्वारा अभिनित चलचित्र ‘वेलकम’ पनि सुपरहिट बन्न सफल भयो। यही चलचित्रबाट उनी दुईपटक उत्कृष्ट अभिनेत्रीको मनोनयनमा पर्न सफल भइन्। उनले अभिनय गरेको चलचित्र ‘टाइगर जिन्दा है’ले पनि बक्स अफिसमा राम्रो व्यापार गरेको छ। उनले बलिउडका चर्चित नायक तीन खान (सलमान, शाहरुख र आमिर)सँग अभिनय गरिसकेकी छन्। अब उनी आफ्नो नयाँ फिल्म ‘जीरो’मा शाहरुख खानसँग देखिने छिन्। 

दीपिका पादुकोण 

दीपिका पादुकोण पछिल्लो पुस्ताकी सफल अभिनेत्री हुन्। ५ जनवरी १९८६ मा डेनमार्कमा जन्मेकी पादुकोण बलिउडकी निकै चलेकी नायिका हुन्। उनले अहिलेसम्म तीन ओटा चलचित्रबाट अवार्ड हात पारिसकेकी छन्। 

उनले फराह खानको चलचित्र ‘ओम शान्ति’बाट बलिउडमा प्रवेश गरेकी थिइन्। ‘रामलीला, बाजीराव मस्तानी र पद्मावत’ उनको करियरका सबैभन्दा महत्वपूर्ण फिल्म हुन्। 

नरगिस फाखरी

बलिउड अभिनेत्री नरगिस फाखरी २० अक्टुबर १९७९ मा अमेरिकाको न्यूयोर्कमा जन्मेकी हुन्। उनी अमेरिकी मोडल र एक्टर हुन्। फाखरीलाई बलिउडमा त्यति धेरै अवसर त प्राप्त भएको छैन। तर उनले २०११ मा ‘रकस्टार’मा अभिनय गरेकी छन्। 

उक्त चलचित्रमा उनीसँगै मुख्य भूमिकामा नायक रणबीर कपुर थिए। उक्त फिल्मले राम्रै ब्यापार गरेपनि फाखरीलाई नयाँ पहिचान दिन सकेन। उनले बलिउडमा पाँच चलचित्रमा अभिनय गरेकी छन्। 

जैकलीन फर्नांडिज 

जैकलीन फर्नांडिज एक श्रीलंकाली अभिनेत्री हुन्। ११ अगस्ट १९८५ मा श्रीलंकाको मनामामा जन्मेकी हुन्। जैकलीनले २००९ मा बनेको फिल्म ‘अलादीन’बाट बलिउडमा डेब्यु गरेकी हुन्। उक्त चलचित्रमा उनीसँगै रितेश देशमुख र अमिताभ बच्चन मुख्य भूमिकामा छन्। त्यसपछि उनले चलचित्र ‘मर्डर २’मा अभिनय गरेकी थिइन्। 

उनले सलमानसँग चलचित्र ‘किक’ मा पनि काम गरेकी छन्। अहिले उनी चलचित्र ‘रेस ३’को सुटिङमा ब्यस्त छिन्। उनी उक्त चलचित्रमा सलमानसँग देखिने छिन्। उनी अहिले पनि बलिउडमा जम्नका लागि संघर्ष गरिरहेकी छन्।

सन्नी लियोनी 

क्यानडामा जन्मेकी बलिउडकी ‘बेबी डल’ सन्नी लियोनीले आफ्नो फरक पहिचान बनाएकी छन्। उनको जन्म १३ मे १९८१ मा भएको हो। उनी एक भारतीय र अमेरिकन कलाकार हुन्। उनको वास्तविक नाम करनजीत कौर बोहरा हो। उनले बिहे गरिसकेकी छन् भने उनी पूर्व चर्चित पोर्नस्टार पनि हुन्। 

बलिउडमा उनले २०१२ मा बनेको पूजा भट्टको चलचित्र ‘जिस्म २’बाट डेब्यु गरेकी थिइन्। त्यसपछि उनले चलचित्र  ‘जैकपोट’ (२०१३), ‘रागिनी एमएमस–२ (२०१४) र ‘एक पहेली लीला’ (२०१५)मा अभिनय गरिन्। उनले धेरै आइटम गीतमा समेत अभिनय गरिसकेकी छन्। उनले शाहरुखको ‘रईस’ को ‘लैला ओ लैला’ बोलको गीतमा आइटम डान्स गरेकी छन्। उनी केही समय पछि प्रदर्शन हुने चलचित्र ‘टोटल धमाल’मा देखिने भएकी छन्। एजेन्सीको सहयोगमा







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

बलिउडमा रणवीर कपुर र आलिया भट्टको जोडी अहिले चर्चामा छ। दुबैले प्रेम सम्बन्धलाई स्वीकार गरिसकेका छन्। अब दुबैबीच विहे कहिले...

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ...

लेखिका प्रियंका

लेखिका प्रियंका

हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने...