"

संघीय संसदीय दलको विधान परिमार्जन गर्दै काँग्रेस

शनिबार, १२ फागुन २०७४, १९ : ३८ नागरिक


काठमाडौं – नेपाली काँग्रेसले संघीय संसदीय दलको विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको छ। काँग्रेस संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित पारित गर्न नेता तथा सांसदहरुसँग परामर्श गरेको हो। 

बैठकमा नेता मीनेन्द्र रिजालले दलको विधानको संशोधन प्रस्ताव पेश गरेका थिए। उक्त मस्यौदा माथिको छलफलमा नेताहरुको धारणा राख्ने क्रम जारी छ। पुनः बस्ने बैठकले सो प्रस्ताव पारित गर्नेछ। 

संसदीय दलको नयाँ संरचना अनुसार पुरानो विधानलाई संशोधन गरी नयाँ विधान ल्याउने सन्दर्भमा छलफल जारी रहेको काँग्रेस नेता भीमसेनदास प्रधानले जानकारी दिए 

‘अहिले राष्ट्रियसभा र प्रतिनिधिसभा दुबैलाई मिलाएर संघीय संसद् बनेको छ, त्यस अनुरुपको नयाँ विधान बनेपछि मात्रै संसदीय दलको निर्वाचन गर्नुपर्ने भएकाले आइतबार बस्ने केन्द्रीय समितिले अनुमोदन गर्ने गरी संसदीय दलको बैठकले विधानलाई टुंगो लगाउनेछ,’ उनले भने। 

नेता प्रधानकाअनुसार संविधानको अक्षरस भावनाअनुसार विधानलाई कसरी परिमार्जन गर्ने, नयाँ परिस्थितिमा उपनेताको चयन र महिलाको प्रतिनिधित्वको विषयलाई कसरी सम्बोधन गर्ने भन्नेबारे नयाँ विधानले स्पष्ट पार्नेछ। काँग्रेसले संसदीय दलका नेता चयनका लागि भरसक सर्वसम्मत् प्रयास गर्ने र त्यो नभए निर्वाचनमा जाने बताएको छ। 

काँग्रेसका अर्का नेता बालकृष्ण खाँडका अनुसार संसदीय दलको व्यवस्थापनका लागि संघीय संसद्को विधान परिस्कृत गर्नुपर्ने भएकाले त्यसबारे प्रस्तुत मस्यौदामाथि नेताहरुले छलफल र सुझाव दिने क्रम जारी रहेकाले केहिबेरपछि बस्ने बैठकले विधानलाई पारित गर्नेछ। 

सांसदहरुले पार्टीलाई सशक्तरुपमा अघि बढाउन सहमतिको आधारमा संसदीय दलको नेताको चयन हुनुपर्ने र सहमति हुन नसकेको खण्डमा पनि अत्यन्तै स्वस्थ्य प्रतिस्पर्धाबाट नेताको चयन होस् भन्ने परामर्श दिएको नेता खाँडले बताए। 

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको संसदीय दलको बैठकको सुरुमा निर्वाचित भएर आएका सबै प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रतिनिधि तथा समस्त मतदातालाई सभापति देउवाले बधाई ज्ञापन गरेका थिए। 

वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको पछिल्लो परिस्थितिमा खास गरी राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सम्बर्द्धन तथा संविधानको रक्षाका लागि बहुलवादमा आधारित प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्न पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। 

बैठकमा बोल्ने अधिकांश नेताले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई अगाडि बढाउने क्रममा दुवै सदनमा काँग्रेसले सशक्त भूमिका निर्वाह गर्ने दृढता व्यक्त गरेका थिए। 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सन्नी लियोनी अस्पताल भर्ना

सन्नी लियोनी अस्पताल भर्ना

बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी अस्पताल भर्ना भएकी छिन्। टिभी शो स्प्लिट्सविला सीजन ११ को शुटिङ्गका विरामी परेर चामुण्डा...

स्वस्तिमा बनिन् टेम्पो चालक

स्वस्तिमा बनिन् टेम्पो चालक

राजधानीमा टेम्पो चालक महिलाको संख्या उलेख्य छ यसैले महिला चालक हुनु नयाँ भएन। तर शुक्रबार बिहान विजुली बजार क्षेत्रमा चलेको...

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...