"

शेयर बजार : १ अर्ब ७० करोडको कारोबार

शनिबार, १२ फागुन २०७४, १५ : ५६ नागरिक


काठमाडौं – धितोपत्र बजारमा यस साता १ अर्ब ७० करोड ७० लाख ६८ हजार मूल्य बराबरको शेयर खरिद बिक्री भएको छ। नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएको हो।

कारोबार रकम गत साताको भन्दा १० दशमलव ७५ प्रतिशतले बढी हो। गत साता १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर रु १ अर्ब ५४ करोड १४ लाख २५ हजार कारोबार भएको थियो।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६ दशमलव ९२ अंकले घटेर अन्तिम दिन एक हजार ३८६ दशमलव ९८ अंकमा पुगेको छ। यसैगरी समूहगत परिसूचकको उतारचढाव यस प्रकार रहेको छ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा पाँच दशमलव ९१ अंकले घटेर २९३ दशमलव २५ अंकमा आइपुगेको छ।

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ। सो बैंकको रु ११ करोड २० लाख ६० हजार बराबरको शेयर कारोबार भएको थियो। त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि सेन्चुरी कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा छ। सो बैंकको तीन लाख ६४ हजार कित्ता शेयर कारोबार भएको थियो।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन। स्टकका अनुसार यस साता सानिमा इक्विटी फण्डको १३ करोड एकाइ साधारण शेयर सूचीकृत भएको छ।  (रासस)







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...