"

बारामा १ अर्ब ६३ करोड बराबरको आलु उत्पादन

शनिबार, १२ फागुन २०७४, १५ : ३२ नागरिक


कलैया – बारामा यस वर्ष  १ अर्ब ६२ करोड ७८ लाख ५७ हजार मूल्य बराबरको १ लाख १६ हजार २७५ मेट्रिक टन आलु उत्पादन भएको छ। मौसम अनकूल र बोटमा रोग नलागेपछि यस वर्ष आलु उत्पादनमा बृद्धि भएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताए।

उका अनुसार यस वर्ष बाराका कृषकले कूल ७ हजार ४७ हेक्टर क्षेत्रफलमा सी ४० र खुमलटार रातो जातको आलु लगाएको थियो। प्रतिहेक्टर १६ दशमलव ५ मेट्रिक टनका दर आलु उत्पादन भएको छ।

जिल्लाको हरिहरपुर, गोलगंगा, अमृतजंज, देवापुर, भगवानपुर, विदुरवती, बरीयारपुर र मटिअर्वा आलुखेतीको पकेट क्षेत्र भए पनि जिल्लाको सबै क्षेत्रका कृषकले आलुखेती गर्ने गरिन्छ।

यहाँ उत्पादित आलुमध्ये करिब ३० प्रतिशत जिल्लास्थित कोल्ड स्टोरमा भण्डारण गर्ने गरेको छ। बाँकी आलु जिल्लाभित्र खपत हुने र केहि छिमेकी जिल्लामासमेत निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यालयका राजबेँसीप्रसाद चौधरीले जनाएको छ।

आर्थिक वर्ष ०७३÷०७४ मा  १ अर्ब ५८ करोड ५१ लाख २५ हजार मूल्य बराबरको आलु उत्पादन भएको थियो। गत वर्ष ७०÷७५ हेक्टर क्षेत्रफलमा लगाइएको आलुखेतीबाट प्रतिहेक्टर १५ मेट्रिक टनका दर उत्पादन भई जिल्लामा कूल १ लाख पाँच हजार ६७५ मेट्रिक टन आलु उत्पादन भएको थियो। जिल्लामा उत्पादित आलु अहिले कलैया बजारमा प्रतिकेजी रु १५ देखि २० मा बिक्री भइरहेको छ। (रासस)







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...