८ वैशाख २०८१ शनिबार
खेल

हेटौंडा गोल्डकप : फाइनलमा पुलिस र आर्मी भिड्दै

मकवानपुर – विभागिय टोली नेपाल पुलिस र साबिक विजेता त्रिभुवन आर्मी क्लब टुबोर्ग हेटौंडा गोल्डकपको फाइनलमा शनिबार (आज) आमने–सामने हुदै उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिदैछन्। फाइनल खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

सेमिफाइनलमा बलियो प्रतिस्पर्धी मनाङ मस्याङ्दीलाई १–० ले पाखा लगाउदै आर्मी र संकटा क्लबलाई २–० ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेका थिए। आर्मीले यसपाली मोफसलमा ५ वटा उपाधि जितिसको छ भने पुलिस तेस्रो उपाधिको खोजीमा हुनेछ।

शुक्रबार पत्रकार सम्मेलनमा यो वर्ष सर्बाधिक उपाधि जितेको आर्मी र युवा खेलाडीको साथमा जोशिलो प्रदर्शन गर्दै आएको पुलिसका प्रतिनिधिले उपाधि जित्ने दाबी गरेका थिए।

कुनै समय नेपाली फुटबलकाे एक सशक्त टाेली पुलिस पछिल्ला केहि वर्ष  कमजोर भएकाे थियाे तर अहिले पुलिसले पुनरागमनको संकेत देखाएकाे छ।

सुमन भोम्जन स्मृति प्रतिष्ठानले हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा सञ्चालनमा जारीे प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ रुपैयाँ पाउनेछन्। प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ट घोषित हुने गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित: १२ फाल्गुन २०७४ ०४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App