७ वैशाख २०८१ शुक्रबार
समाज

लट्री पर्‍यो भन्दै ठगी गर्ने तीन पक्राउ

पर्सा- भाइबर, फेसबुक जस्ता सामाजिक संजाल मार्फत २५ लाखको लट्री जित्नु भएको छ भन्दै सर्वसाधारणलाई ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले लट्री परेको भन्दै बैंक खाता नम्बर तथा परिचय खुल्ने कागजात पठाउन लगाई लट्री बापतको कर नेपाल सरकारलाई तिर्नु पर्ने रकम जम्मा गरेपछि  रकम खातामा जम्मा हुने बताउँदै सर्बसाधारणलाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर नगरपालिका–७ बस्ने २४ वर्षीय भिमबहादुर थापा, दैलेख गुरास गाउँपालिका–४ बस्ने २२ वर्षीय विष्णु सिजाली मगर र भारत विहार पूर्वी चम्पारण मोतिहारी जिल्ला कुमरिया बस्ने २० वर्षीय असरफ अली रहेका छन्।

पर्सा वीरगंज महानगरपालिका–१५ स्थित न्यू बीरगंज मनि ट्रान्सफरमा रकम निकाली शंकित रुपमा कुराकानी गरी बसीरहेको अबस्थामा उक्त कार्यमा संलग्न उनीहरुलाई ठगीमा प्रयोग गरिएको सीम सहितको मोबाइलहरु, स्रोत खुलाउन नसकेको नगद, विभिन्न मनि ट्रान्सफर तथा बैंकको भौचरहरु, नागरिकता तथा नागरिकताको फोटोकपी समेतका कागजातसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित: ११ फाल्गुन २०७४ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App