६ वैशाख २०८१ बिहीबार
राजनीति

आइतबार मन्त्रीमण्डलले पूर्णता पाउँछ : गुरुङ

भक्तपुर – नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देब गुरुङले आइतबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने बताएका छन्।
शुक्रबार रफत सञ्चार क्लबमा बोल्दै गुरुङले रामबहादुर थापा बादलको नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी हुने र आफूलाई पार्टीले मन्त्री बनाए पाएको जिम्मेवारी पुरा गर्ने बताए।

अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने उनको विश्वास छ। दलहरुबीच निषेधकोे राजनीतिकले तिब्रता पाएको भन्दै चिन्ता ब्यक्त गर्दै उनले राष्ट्र र राष्ट्रियताको बिषयमा पक्षप्रतिपक्ष नभएर बामगठबन्धन र काँग्रेस एक ठाउँमा उभिने बताए।

सरकारमा मधेशबादी दल समेत समाबेश हुनसक्ने वातावरण तयार भइरहेको भन्दै उनले जनअपेक्षा र समयको माग अनुसार संबिधान संशोधन समेत गर्न सकिने बताए।

 

प्रकाशित: ११ फाल्गुन २०७४ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App