क्यालिफोर्निया– व्यवसायिक नेटवोर्कीङ वेभसाइट लिंकेड इनले एसिया प्यासिफीक क्षेत्र एपिएसिमा आफ्ना प्रयोगकर्ताको संख्या सबै भन्दा धेरै रहेको जनाएको छ।
लिंकेड इनले बुधबार एक विज्ञप्ति जारी गर्दै एपिएसि क्षेत्रमा आफ्नो प्रयोगकर्ताको संख्या १०० मिलयिन पुगेको घोषणा गरेको हो । लिङलेडका म्यानेजीङ डिरेक्टर ओलिभर लिगार्डले भने ‘ दुई वर्षको अन्तरालमा यस क्षेत्रमा हाम्रा प्रयोगकर्ताको संख्या ५० मिलियनबाट १ सय मिलियन पुगेको छौ र हामी अझ मजबुत अवस्थामा पुगेका छौं। मानिसहरु विषेशत जागिरको खोजी तथा आफ्नो व्यापार व्यवसायको विज्ञापन तथा प्रवर्धनका लागि लिङलेडको प्रयोग गर्छन्।
लिंकेड इनले सार्वजनिक गरेको तथ्याङक अनुसार भारतमा मात्र उसको प्रयोगकर्ता ३७ मिलयिन रहेका छन् । त्यस्तै चिनमा २३ तथा अस्ट्रेलियामा ८ मिलियन प्रयोगकर्ता रहेका छन्। विश्वभर भने उसका प्रयोगकर्ताको संख्या ४ सय ५० मिलयन रहेको छ।
प्रकाशित: १ भाद्र २०७३ ०५:४९ बुधबार