७ वैशाख २०८१ शुक्रबार
कला

लम्सालको ‘पेनाल’ महाकाव्य

काठमाडौं– साहित्यकार देवेन्द्र लम्सालद्वारा रचित ‘पेनाल’ महाकाव्य सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्याङजा साहित्य परिषद्ले राजधानीमा आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरे।

संस्थाका अध्यक्ष डा.महेश्वर शर्मा पौडेलको सभापतित्वमा भएको कार्यक्रममा प्राध्यापक डा.सुकुम शर्माले लम्सालको कृतित्व र व्यक्तित्वबारे प्रकाश पारिन् । पुस्तकका समिक्षकद्वय ईश्वरचन्द्र ज्ञवाली र डा.देवी सुवेदीले महाकाव्यबारे समीक्षात्मक टिप्पणी गरे।

कार्यक्रममा महाकाव्यकार लम्सालले रचना गर्भबारे आफ्नो धारणा राखेका थिए । २०११ सालमा स्याङ्जाको ज्याग्दीखोलामा जन्मिएका साहित्यकार लम्सालको यो आठौं कृति हो  ।ज्याग्दीखोलाका तरंग नामक साहित्यिक त्रैमासिकका सम्पादक रहेका लम्सालका यसअघि ‘ज्याग्दी र म’, ‘ज्याग्दी किनारमा बल्छी खेलेर’, ‘स्मृतिपटलमा पिताजी विश्वनाथ’, ‘अभिशप्त प्रेम’, ‘बौलाही रांइदाल्नी’, ‘शान्तिको खोजीमा’, ‘दम फुस्केका मान्छेहरु’ प्रकाशित भइसकेका छन् ।

प्रकाशित: ११ फाल्गुन २०७४ ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App