८ वैशाख २०८१ शनिबार
समाज

दैलेखमा जीप दुर्घटना, ४ जनाको मृत्यु, ३ गम्भीर घाइते

दैलेख – दैलेखमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। 

सदरमुकामबाट महावु गाउँपालिकाको मुकाम गैडाबाज जाँदै गरेको लु १ ज ३५३२ नम्वरको बोलेरो जीप वखलढुंगा भिरबाट ५० मिटर तल खस्दा ४ जनाको ज्यान गएको दैलेखका प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले जानकारी दिए। 

उनका अनुसार घटनास्थलमा गैंडाबाज चौकीबाट प्रहरी पुगेर उद्धारकार्य गरिरहेको छ। 

मृतकको सनाखत हुन नसकेको र डीएसपी पौडेलसहित प्रहरी टोली घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० फाल्गुन २०७४ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App