"

मन्त्रालयको टुंगो नलाग्दा सरकार विस्तारमा ढिलाई

बुधबार, ०९ फागुन २०७४, २० : ०८ नागरिक


काठमाडौं- नेकपा माओवादी केन्द्रले बुधबार पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम सिफारिस गर्न सकेन। माओवादीले मन्त्रीको नाम सिफारिस गर्न बुधबार दिउँसो केन्द्रीय सचिवालयको बैठक बोलाए पनि अन्तिम समयमा स्थगित गरेको थियो। दिउँसो ३ बजे बोलाइएको सचिवालय बैठक अध्यक्ष पुष्पकमल दाहालले स्थगित गरेका थिए। बिहान प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल मन्त्रालय बाँटफाँट र संख्याबारे टुंगो लगाउन बैठक बसेका थिए। ओली र दाहालले मन्त्रालयबारे टुंगो लगाउन थप छलफलको आवश्यकता रहेको भन्दै निष्कर्ष निकाल्न सकेका थिएनन्। अधिकतम १८ सदस्यीय मन्त्रीपरिषद बनाउने विषयमा दुई नेताबीच छलफल भएको जनाइएको छ। माओवादीले ६ जना मन्त्री पाउने छलफल भए पनि यसबारे टुंगोमा नपुगेको एक माओवादी नेताले बताए।

बिहान प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल मन्त्रालय बाँटफाँट र संख्याबारे टुंगो लगाउन बैठक बसेका थिए। ओली र दाहालले मन्त्रालयबारे टुंगो लगाउन थप छलफलको आवश्यकता रहेको भन्दै निष्कर्ष निकाल्न सकेका थिएनन्।

सरकारमा मन्त्री पठाउने तयारी गरे पनि मन्त्रालय टुंगिन नसकेकाले ढिलो भएको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन्। ‘मन्त्रालय टुंगिन ढिलो भएकाले सरकारमा जान पनि ढिलो भएको हो’, भुसालले भनिन्, ‘मन्त्रालयको टुंगोसँगै सरकारमा जाने नेताहरुको नाम पनि टुंगो लाग्छ।’

पार्टी एकताको प्रारम्भिक आधार तय गरिसकेका एमाले र माओवादीले सरकार विस्तारमा ढिलो गर्दा राम्रो सन्देश नजाने भन्दै छिटो यो विषयलाई टुंगो लगाउने तयारी गरिरहेको ओली निकट स्रोतको भनाई छ।

माओवादीले रामबहादुर थापाको नेतृत्वमा सरकारमा पठाउने तयारी गरेको छ। यस्तै वर्षमान पुन, मातृका यादव, पम्फा भुसाल, लेखराज भट्ट, देवन्द्र पौडेललाई माओवादीले सरकारमा पठाउने तयारी गरेको माओवादी निकट स्रोतले बतायो। ‘उहाँहरुको नाममा छलफल भएको छ’, माओवादीका एक नेताले भने, ‘थापा जीको नेतृत्वमा माओवादी सरकारमा जान्छ।’

 

 

 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘रेस ३’ सय करोड क्लबमा

‘रेस ३’ सय करोड क्लबमा

शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता सलमान खानको फिल्म ‘रेस ३’ ले सय करोड क्लबमा प्रवेश गरेको छ। ट्रेड एनालिस्ट तरुण...

कोइरालालाई नोबेल सम्मान

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘नोबेल साकोस साहित्य प्रतिष्ठान’द्वारा स्थापित विभिन्न सम्मान तथा पुरस्कारहरू शनिबार स्रष्टाहरुलाई प्रदान गर्नुभयो । ...

‘अब थोरै फिल्ममा काम गर्छु’

‘अब थोरै फिल्ममा काम गर्छु’

कुनै समय अभिनेता दयाहाङ राई अभिनित फिल्म एक महिनामा झण्डै आधा दर्जनको हाराहारीमा रिलिज हुन्थे। ...

यल : फिल्म फेस्टिभल हुने

यल : फिल्म फेस्टिभल हुने

फिल्म तथा वृत्तचित्र निर्माणमा स्वतन्त्र रुपले काम गरिरहेका निर्देशकहरुलाई प्रोत्साहित गर्न ‘यल इन्टरनेसनल इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल(यिफ)’ हुने भएको छ ।...