७ वैशाख २०८१ शुक्रबार
राजनीति

दलको नेता छान्न बोलाएको बैठक कांग्रेसले स्थगित गर्‍यो

काठमाडौं- नेपाली कांग्रेसले बिहीबारका लागि बोलाएको कार्यसम्पाद समितिको बैठक स्थागीत गरेको छ। पार्टी संसदीय दलको विधान र दलको नेता छनोट प्रक्रियाका लागि बैठक बोलाएको केही घण्डा वित्न पाउँदै कांग्रेसले बैठक स्थगीत गरेको हो । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार बिहान ९ बजेका लागि कार्यसम्पादन समिति बैठक बोलाएको सूचनासहितको विज्ञप्ति दिउँसो पौने एक बजे जारी गरेका थिए ।तर, साँझ साढे पाँच बजे अर्को विज्ञप्तिजारी गर्दै बैठक स्थगीत भएको जनाएका छन्।

कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरुको संयुक्त बैठक शनिबारका लागि बोलाएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बैठक बोलाएको छ।

संयुक्त बैठकमा पनि संसदीय दलको नेता छनोटका साथै संसदीय दलको विधानबारे छलफल हुने बताइएको छ। 

प्रकाशित: ९ फाल्गुन २०७४ १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App