८ वैशाख २०८१ शनिबार
समाज

पाँचथरमा यस्तो देखियो च्याब्रुङ महोत्सव (फोटो फिचर)

पाँचथर – लिम्बु संस्कृतिमा आधारीत रहेको च्याब्रुङ नाचको प्रवद्र्धन, प्रचार प्रसार तथा विकासका लागि भन्दै पाँचथर सदरमुकाम फिदिममा अन्तराष्ट्रिय केलाङ (च्याबु्रङ नाच) महोत्सव सुरु भएको छ। मंगलबारबाट सुरु भएको महोत्सवको उद्घाटन प्रदे् नम्वर १ का प्रमुख गोविन्द्र सुब्बाले गरे। 

महोत्सवको पहिलो दिन विभिन्न जिल्लाबाट आएका सहभागि समुहरुले आफ्नो प्रस्तुती पस्केका थिए। पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, इलाम, काठमाण्डौं, ललितपुर, भारतका सिक्खिम, दार्जेलिङ तथा अछामबाट महोत्सवमा कलाकारहरु सहभागि छन्। सास्कृतिक पोशाकका कारण महोत्सव स्थलमा रौनक देखिन्थ्यो। 

खुसि मनाउन च्याबु्रङ नाच्ने परम्परा लिम्बु समुदायमा रहेको छ । महोत्सवमा आज गायीका मनु आङदेम्बे, नायीका वविता फोम्बे लगायतको पस्तुती रहेको थियो। महोत्सवमा लिम्बु समुदायका पोशाक, खानापान तथा फोटो प्रदर्शनी समेत राखिएको छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App