७ वैशाख २०८१ शुक्रबार
कला

अक्षय कुमार ‘फ्लप’

मुम्बई – बलिउडमा एक पछि अर्काे हिट फिल्म दिँदै आएका अभिनेता अक्षयकुमारलाई पछिल्लो फिल्म ‘प्याड म्यान’ले फ्लप बनाइदिएको छ। फिल्मले सजिलैसँग सय करोडको व्यापार गर्ने अनुमान गरिएपनि त्यसो हुनसकेन। ट्रेड एनालिष्ट तरुण आर्दशका अनुसार फिल्मले १० दिनमा जम्मा ७० करोड मात्रै कमाएको छ। 

६० करोड लागतमा बनेको फिल्मको लाइफटाइम कमाई ८० करोड मात्रै छ। यो हिसाबले लगानी त असुल भएको तर १०० करोड नकट्दा अक्षयको स्टारडमलाई छायामा पारेको छ। किनकी यसअघिका अक्षयका ५ फिल्मले लगातार सय करोड कटाएका थिए। प्याडम्यानबाट अक्षयले सय करोडको क्लबमा डबल ह्याट्रिक गर्ने अनुमान गरिएपनि कथावस्तु राम्रो हुँदाहुँदै  फिल्मले सोचेजस्तो व्यापार नगरेपछि अक्षय फ्लपको बाटोमा अघि बढेको टिप्पणी हुन थालेको छ।

प्याडम्यानभन्दा पहिला अक्षयका लगातार ५ फिल्म एयरलिफ्ट, हाउसफुल ३, रुस्तम, जोली एलएलबी २ र ट्वाइलेट एक प्रेम कथाले सय करोड कमाएका छन्। 

अक्षयकुमारको आगामी फिल्म ‘गोल्ड’ १५ अगस्टमा प्रदर्शन हुँदैछ। त्यसअगाडि अक्षयसँगै रजनीकान्तको अभिनय रहेको बहुप्रतिक्षित फिल्म २.० रिलिज हुनेछ।

प्रकाशित: ७ फाल्गुन २०७४ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App