"
प्रजातन्त्र दिवस

२००७ साल : पहिलो संगठित विद्रोह

सोमबार, ०७ फागुन २०७४, १३ : २५ प्रशान्त लामिछाने  | @prasantaparbat


जंगबहादुर राणाको उदय भएपछि उनका विरुद्धमा छिटफुट विद्रोह भए। यसमा धेरै भारदारी विद्रोह थिए। जसले सत्तासँग सम्वन्ध राख्थे जनतासँग साइनो थिएन। १९०३ भदौको कोत पर्व पछि जंगबहादुर शक्तिमा आए। कोतको घटनापछि कार्तिकमा भण्डारखाल पर्वको रचना भयो। भण्डारखालमा जंगबहादुरको हत्या गर्ने योजना भए पनि त्यो सफल हुन सकेन। १९४२ सालमा अर्को यस्तै घटना भयो। जसमा रणोद्दिप सिंहको हत्या भयो। यो घटना पनि राणा खलकबाटै सत्ताको लागि भएको थियो। यी सबै घटना एउटै प्रवृत्तिका मानिसहरुबाट भए अर्थात शासन सत्ता आफ्नो हातमा लिने मनसायका साथ भए। यी घटनाहरु राणाहरुका विरुद्ध भए पनि राणा शासनका विरुद्ध थिएनन्। एकलाई सत्ता च्युत गरेर अर्कोले सत्ता आफ्नो हातमा लिने भारदारी दाउ थिए।

जंगबहादुरको विरुद्धमा पहिलो विद्रोह लखन थापाले गरे। राणाशासनका विरुद्धमा जनस्तरमा भएको यो पहिलो विद्रोह थियो। १९३३ मा थापाले गोरखाको बुंकोटबाट यसको थालनी गरे। तर विडम्बना उनी जंगबहादुर विरुद्धको विद्रोहमा सफल हुन सकेनन्। थापालाई झुण्डाएर मारियो। १९३३ मा लमजुङका शुकदेव गुरुङ नेतृत्वमा पनि राणाहरुको विरुद्धमा विद्रोह भएको पाइन्छ। तर त्यो पनि सशक्तरुपमा आउन सकेन।

राणाहरुकाविरुद्ध भएका विद्रोहमा मकै पर्व, प्रचण्ड गोर्खा, नागरिक अधिकार समिति, आर्य समाज, जयतु संस्कृतम पनि हुन्। तर यी सबै विद्रोह संगठित हुन नपाउँदै राणाहरुले छिन्न भिन्न पारे। विद्रोहीहरु भित्र रहेका आफ्नै कमजोरीका कारण यी विद्रोहले संगठित स्वरुप ग्रहण गर्न सकेनन्।

राणाहरुकाविरुद्ध भएका विद्रोहमा मकै पर्व, प्रचण्ड गोर्खा, नागरिक अधिकार समिति, आर्य समाज, जयतु संस्कृतम पनि हुन्। तर यी सबै विद्रोह संगठित हुन नपाउँदै राणाहरुले छिन्न भिन्न पारे। विद्रोहीहरु भित्र रहेका आफ्नै कमजोरीका कारण यी विद्रोहले संगठित स्वरुप ग्रहण गर्न सकेनन्।

१९९३ जेठ २० गते प्रजापरिषदको गठन भयो। प्रजापरिषदले राणाहरुकाविरुद्धमा पहिलो राजनीतिक तथा संगठित विद्रोह गर्न खोजे पनि त्यो सफल हुन सकेन। यस संगठनको उदेश्य राणा शासनको अन्तय गरी संवैधानिक राजतन्त्र अन्तर्गत प्रजातन्त्रको अभ्यास गर्ने रहेको थियो। संगठनकै कार्यकर्ताले प्रजापरिषदको भेद राणाहरुलाई खोलिदिएपछि ५ सय भन्दा बढी कार्यकर्ता पक्राउ परे भने धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई मृत्यु दण्ड दिइयो। टंकप्रसाद आचार्यहरु ब्राम्हण भएका कारण बाँच्न सफल भए।

१९८८ मा राणा शासनको विरुद्धमा प्रचण्ड गोर्खा नाममा संगठन खुल्यो। उमेश विक्रम शाह, खड्गमान सिंह, रंगनाथ शर्मा लगायतका युवाहरुले गठन गरेको यो संगठनले राणाहरुको अन्तय गरी संसदीय शासन व्यवस्थाको स्थापनको लक्ष्य राखेर काम गर्ने उदेश्य राख्यो। तर काम सुरु हुन नपाउँदै प्रचण्ड गोर्खाका सदस्यहरुलाई राणाहरुले गिरफ्तार गरे। संगठनका सस्यहरुलाई आजीवन कारावासको संजाय सुनाइयो। उमेशविक्रम शाह पाल्पामा निर्वासनमा पुगे। खड्गमान सिंह र मैनाबहादुरको जेलमै मृत्यु भयो भन् रंगनाथ शर्मा २००७ सालको क्रान्ति पछि जेल मुक्त भए।

तुलसी मेहर श्रेष्ठले चर्खा प्रचारको अभियान चलाएका थिए १९८६ तिर। भारतको चर्खा आन्दोनबाट प्रभावित भएर श्रेष्ठले यो अभियान चलाए पनि राणाहरुले यसलाई आफ्नो विरुद्ध सम्झे। अन्तत: भिम शमशेरले श्रेष्ठलाई राजद्रोहको आरोपमा कैद गर्दै चर्खा प्रचारको अभियानलाई बन्द गराए।

१९७७ मा कौशील अड्डाका सुब्बा कृष्णलाल अधिकारीले लेखेको पुस्तक ‘मकैको खेती’ राणाहरुलाई टाउको दुखाईको विषय बन्यो। उनका कितावमा अप्रत्यक्षरुपमा राणाहरुका विरुद्धमा लेखिएको थियो। किताब कै कारण उनलाई जेल सजायँ दिइयो भने उनका सहयोगिहरुलाई पनि सजायँ तोकियो। अधिकारीको जेलमै निधन भयो। उनका किताब राणाहरुले जफत गरे भने छापाखालाई समेत फाइन तिराए।

१९९४ मा काठमाडौंमा शुक्रराज शास्त्रीले 'नागरिक अधिकार समिति' गठन गरे। नेपाली जनाताले नागरिक अधिकार उपयोग गर्न पाउनु पर्छ भन्ने यो संगठनको उदेश्य रहेको थियो। भोटाहिटीमा गठन भएको समितिमा अध्यक्ष शुक्रराज शास्त्री, सचिव केदारमान व्याथित लगायतका सदस्यहरु थिए। राणाहरुका विरुद्धमा जनचेतना फैलाउने र नागरिक अधिकार दिलाउने उदेश्यले गठन गरिएको यो संगठनले पनि राजनीतिकरुपमा आफुलाई अघि बढाउन सकेन। करिब २ प्रतिशत साक्षरता रहेको त्यो समयमा खुलेका विद्रोही संगठनमा अधिकारको कुराले जनतालाई आकर्षिक नगरेको हो कि भन्ने देखिन्छ।

क्रान्ति आन्तिरक गडवडिका बीचमा हुने गर्छ। राणाहरुले क्रान्ति गर्नै पर्ने मैदान तयार पारेका थिए। तर त्यसको उचित समय आइरहेको थिएन। राणाविरुद्ध उभिएका संगठनहरुले सशक्तरुपमा आफुलाई उभ्याउन सकेका थिएनन्। संगठित क्रान्तिको उपयुक्त समय २००७ साल बन्यो र यसको नेतृत्व नेपाली कांग्रेसले गर्‍यो।

जयतु संस्कृतम राणाहरुका विरुद्धमा शैक्षिक विद्रोह थियो। विद्यार्थीहरुले २००४ साल जेठमा विभिन्न माग गर्दै शिक्षा विभागका डाइरेक्टरलाई ज्ञापनपत्र पेश गरेका थिए। मध्यमा सम्मको परीक्षा नेपालबाटै दिन पाउनु पर्ने, छात्रावासमा सुविधा, संस्कृतलाई अंग्रेजी सरह मान्यता लयायतका माग विद्यर्थीका थिए। तर उनीहरुलाई प्रहरी लगाएर दमन गरियो। धर्नामा बसेका विद्यर्थीलाई छात्रवासबाट निस्कासन गरियो र नेपालमा पढ्न नपाउने भनियो। यस्तो सजायँ पाएपछि विद्यार्थीहरु श्री ३ महाराज पद्यम शमशेरको दरवारमा जुलुश सहित पुगे। राणाहरुका विरुद्धमा जयतु संस्त्कृतम आन्दोलनले पहिलो जुलुश निकालेको थियो। पछि आन्दोलनमा सक्रिय विद्यार्थीलाई चार भञ्याङ कटाइयो।

क्रान्ति आन्तिरक गडवडिका बीचमा हुने गर्छ। राणाहरुले क्रान्ति गर्नै पर्ने मैदान तयार पारेका थिए। तर त्यसको उचित समय आइरहेको थिएन। राणाविरुद्ध उभिएका संगठनहरुले सशक्तरुपमा आफुलाई उभ्याउन सकेका थिएनन्। संगठित क्रान्तिको उपयुक्त समय २००७ साल बन्यो र यसको नेतृत्व नेपाली कांग्रेसले गर्‍यो। यति बेला आन्तरिक र बाह्य कारणव दुवै बलिया बने। विश्वभर स्वतन्त्रता आन्दोलन भइरहेको बेला भएको यो क्रान्तिले अन्तत: नेपालमा प्रजातन्त्रको स्थापना गर्यो। छिमेकी भारत ब्रिटिस उपनीवेशबाट स्वतन्त्र भएको थियो भने चीनमा माओको क्रान्तीले नयाँ उभार ल्याएको थियो। अरु देश विदेशीहरुबाट स्वतन्त्र हुँदै गर्दा हामी आफ्नै शासकहरुबाट स्वतन्त्र हुँदै थियो।

नेपाली कांग्रेस अघि पनि राणाहरुका विरुद्धमा संघर्षका प्रयास भए तर ति प्रयासले संगठितरुप धारणा गर्न सकेनन्। २००७ सालमा कांग्रेस नेतृत्वमा भएको विद्रोह नै नेपालको इतिहासमा संगठित विद्रोह थियो। यही विद्रोहले क्रान्तिको रुप लियो। मातृका प्रसाद कोइराला, विशेश्वर प्रसाद कोइरालाहरुले यसको नेतृत्व गरे। विद्रोह एकठाउँमा मात्र केन्द्रीत भएन, देशै भर राणाहरुका विरुद्धमा सशस्त्र र शान्तिपूर्णरुपमा आन्दोलनहरु भए। केआइसिंह, बालचन्द्र शर्माहरुले पश्चिमको नेतृत्व गरे, विपि स्वयमले विराटनगर लगायतका क्षेत्रमा नेतृत्व गरे। वीरगञ्जमा धिरवम मल्लले मुक्ति सेनाको नेतृत्व गरे। वीरगञ्ज मोर्चामा घाइते भएका मल्लको उपचारको क्रममा निधन भयो। यसरी २००७ सालको आन्दोलनले संगठित क्रान्तिको रुप धारण गर्‍यो। यो एक ठाउँमा मात्र केन्द्रीत भएन देशैभर फैलियो।

प्रजातान्त्रिक आन्दोलनमा एउटा समूह वा पार्टीको मात्र भूमिका रहेन। राजा त्रिभुवन सिकार खेल्ने निहुँमा दरवार छोड्दै २००७ कार्तिक २१ मा भारतीय दूतावासमा शरण लिए। उनी कार्तिक २५ गते भारत प्रस्थान गरे। त्रिभुवन भारत पुग्नुको अर्थ नेपालको प्रजातान्त्रिक आन्दोलनमा भारतको सहयोग लिन खोज्नु थियो भने अर्को अर्थमा भारतीय हस्तक्षेपलाई निम्त्याउनु थियो। त्रिभुवन भारत गएपछि उनका नाति ज्ञानेन्द्र शाहलाई राणा प्रधानमन्त्री मोहन शमसेरले राजा घोषणा गरे। तर उलाई कुनै पनि मुलुकले मान्यता दिएन। मोहन शमशेरका अनेक उपायले काम नगरेपछि भारतीय प्रधानमन्त्री जवाहलाल नेहरुको मध्यस्थतामा राजा, कांग्रेस र राणाहरुबीच दिल्ली सम्झौता भयो। दिल्ली सम्झतासँगै पुस २४ गते सशस्त्र आन्दोलन सकिएको घोषणा गरियो। त्यसपछि फागुन ४ गते त्रिभुवन नेपाल फर्के। फागुन ७ गते प्रजातन्त्रको स्थापनासँग अन्तरिम सरकारको घोषणा गरियो।

यसरी हेर्दा २००७ सालमा प्रजातन्त्र स्थापनाको लागि अन्तराष्ट्रिय परिपदेश, आन्तरिक परिस्थीति मजवुत भएको देखिन्छ। आन्तरिकरुपमा देशमा राणाहरु विरुद्ध उठिरहेको आन्दोलन र बाह्यरुपमा भारतको सहयोग यसमा मुख्य देखिन्छ। नेपाली कांग्रेसले आन्दोलनलाई सशक्त बनाउन छिमेकको सहयोग, शान्तिपूर्ण प्रदर्शन देखि सशस्त्र आक्रमणसम्म तालमेल गर्नुलाई कुशल प्रयोग मान्न सकिन्छ। प्रजातन्त्रको लागि भएको संघर्ष नेपालको इतिहसमा पहिलो संगठित क्रान्ति थियो। जसले जहानीया राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको ज्योती निकाल्यो।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...