४ वैशाख २०८१ मंगलबार
समाज

महोत्तरीमा जन्ती बोकेको बस पल्टियो

महोत्तरी – महोत्तरीको बर्दिबास नगरपालिका- ३ पाटु मोडमा दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका छन्। 

सिन्धुलीबाट जन्ती लिएर फर्किदै गरेको ना. ३ ख. ५२५८ नम्बरको बसको दुर्घटना भएको हो। स्टेरिङ्ग फेल भएर बस सडकमै फल्टेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी प्रवीण पोखरेलले जानकारी दिए। 

उनका अनुरसार, दुर्घटनामा बसका सह-चालक महोत्तरीको गौशालाका रोशन राउत गम्भीर घाइते भएका छन्। बसमा करिब ४० जना जन्ती सवार थिए। 

घाइतेको बर्दिबास जनसेवा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरुको उद्धार गरेर हस्पिटल पु-याएका थिए।

प्रकाशित: ६ फाल्गुन २०७४ १६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App