"

‘कानूनी राज र सुशासनबिनाको अवस्था नेपालीले कहिलेसम्म ब्यहोर्नुपर्ने ?’

आइतबार, ०६ फागुन २०७४, २० : ४९ नागरिक


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले अस्थिर राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आइतबार अपराह्न शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र कानूनी राज र सुशासनको प्रत्याभुति दिलाउन नभई सिमित व्यक्तिको स्वार्थ रक्षाको लागि प्रयोग गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्। 

‘२०६३ सालमा भएको राजनीतिक परिवर्तन पछिको दशकमा देश र जनताका हितप्रति संवेदनशील एवं जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्द्रीत सोचको पासोमा देशको राजनीति अल्झिएको छ? त्यसको समिक्षाको समय आएको छ,’ शाहले भनेका छन्– सिमिति व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्रका रुपमा जनताले आत्मसाथ गरिदिनु पर्ने हो कि होइन ? कानूनी राज एवं सुशासनको प्रत्याभुति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिलेसम्म व्यहोरिरहनु पर्ने हो ?’

प्रजातन्त्रलाई संस्थागत गर्ने वा समस्या समाधान खोज्ने क्रममा भएका सहमति, समझदारीमा देशको गौरव बढाउने विषयले प्राथमिकता नपाएकोमा उनले गुनासो समेत गरेका छन्। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...