coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पोग्बा युनाइटेडमै : माउरिन्हो

म्यानचेस्टर – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले आगमी सरुवा बजारमा पाउल पोग्बा नभई माइकल क्यारिकलाई प्रतिस्थापन गर्न मिडफिल्डर भित्र्याउने तयारी गरेको खुलासा गरेका छन् । एफए कपअन्तर्गत पाँचौं चरणको खेलका लागि हडर्सफिल्ड टाउनविरुद्धको खेलअघि भएको पत्रकार भेटमा पोग्बाको भविष्यबारे सेधिएको प्रशनमा माउरिन्हो आक्रोशित बनेका थिए।

फ्रान्सको पत्रिका एल’इक्विपले ८ करोड ९३ लाख पाउन्डमा युभेन्ट्सबाट युनाइटेडसँग अनुबन्धित भएका पोग्बा ओल्ड ट्राफोर्डमा पाएको रक्षात्मक भूमिकाबाट खुसी नभएको र भविष्यमा युनाइटेड छाड्न चाहेको जनाएको थियो।
पछिल्लो समय लय भेट्टाउन संघर्ष गरिरहेका २४ वर्षे पोग्बालाई माउरिन्होले तीन खेलमा परिवर्तन गरिसकेका छन् । तथापि माउरिन्होले फ्रान्सेली पत्रिकामा आएको समाचारमा सही नभएको तर्क गर्दै ३६ वर्षे मिडफिल्डर क्यारिक सिजनको अन्त्यसँगै  संन्यास लिने मनस्थितिमा रहेका कारण मिडफिल्डरको खोजी भएको बताए।

‘मिडफिल्डर अनुबन्धन गर्नु हाम्रो आवश्यकता हो । किनकि हामीले क्यारिकलाई गुमाउँदै छौं ।त्यसपछि हामीले टोलीमा संयोजन मिलाउनुपर्छ।’  

‘मिडफिल्डर अनुबन्धन गर्नु हाम्रो आवश्यकता हो । किनकि हामीले क्यारिकलाई गुमाउँदै छौं । पक्कै पनि त्यसपछि हामीले टोलीमा संयोजन मिलाउनुपर्छ,’  माउरिन्होले भने, ‘तर मिडियाले यो फरवार्ड, त्यो विंगर आदि किन्न लागेको बताइरहेका छन् । तपाईंहरूले मलाई विभिन्न आरोप लागाउन सक्नुहुन्छ तर मैले झुट बोल्यो भन्न मिल्दैन । हामी नयाँ मिडफिल्डर भिœयाउन खोजिरहेका छौं।’

क्यारिकले आफूलाई प्रतिस्थापन गर्नका लागि २१ वर्षे स्कट म्याकटोमिने युनाइटेडका लागि उपयुक्त खेलाडी भएको बताउँदै आएका छन् । सिजनको १२ खेलमा मौका दिएर एकेडेमीमा हुर्किएका म्याकटोमिनेको क्षमताबारे माउरिन्हो पनि जानकार छन्।
‘म्याकटोमिने चन्द्रमाबाट आएका होइनन्,’ चेल्सीका पूर्वप्रशिक्षक माउरिन्होले भने, ‘पहिलो टोलीमा आउनुअघि उनले गत सिजन हामीसँग धेरै पटक अभ्यास गरेका थिए । सिजनपूर्व उनी आएपछि आन्द्रेस परेरालाई भ्यालेन्सिया पठाएका हौं । म्याकटोमिनेलाई अघि बढाउने सोचेरै हामीले अरू खेलाडी नलिएका हौं।’

इङ्लिस प्रिमियर लिगमा युनाइटेड दोस्रो स्थानमा छ । तर, शीर्ष क्लब म्यानचेस्टर सिटीभन्दा १६ अंकले पछि छ । शनिबार हडर्सफिल्डविरुद्ध खेलेपछिको एक साता युनाइेटका लागि सहज खेल छैनन् । च्याम्पियन्स लिगमा सेभियाविरुद्ध खेल्ने युनाइटेडले घरेलु लिगमा चेल्सी र लिभरपुलसँग खेल्नेछ।

२००७ मा चेल्सीबाट एफए कपको उपाधि जितेका माउरिन्होले यस प्रतियोगितालाई प्राथमिकतामा राखेका छन् । ‘एकपछि अर्को पाइला सार्दै जाने हो । शनिबार हामी एफए कपबाट बाहिरिन्छौं कि क्वार्टरफाइनलमा हुन्छौं । यसमा कि कालो हुन्छ कि सेतो । बीचको बाटो छैन । हामी हाम्रो तर्फबाट सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं । सेभियाविरुद्धको खेल आधा नकआउट हो । त्यसैले हडर्सफिल्डविरुद्ध जस्तो महत्वूर्ण होइन।

च्याम्पियन्स लिग युरोपा लिगजस्तो सहज छैन । त्यो सबैलाई थाहा छ । अहिले एफए कपमा सबै बलिया टोली छन् । लिभरपुल र आर्सनल बाहिरिए । चेल्सी, सिटी र टोटेनह्यामका लागि ड्र सहज छ । सबै ठूला क्लब क्वार्टरफाइनलमा पुग्नेछन् । एफए कप अझै कठिन हुनेछ।’
 

प्रकाशित: ६ फाल्गुन २०७४ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App