"

जनमुक्ति सेनाको कमाण्डरदेखि मन्त्रीसम्म

शुक्रबार, ०४ फागुन २०७४, २१ : १२ गिरिराज बाँस्कोटा


पाँचथर – पाँचथरको क्षेत्र न. २ बाट प्रदेश सभामा निर्वाचित इन्द्र आङ्बो ‘मौसम’ले प्रदेश न. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेबवारी बहन गरेका छन्। उनी  नेकपा (माओवादी) केन्द्रको नेतृत्व गर्दै प्रदेश सरकारमा पुगेका हुन्। 

आङ्बो ३५ बर्षकै उमेरमा पार्टीको नेतृत्व गर्दै सरकारमा पुगेका छन्। आफ्ना लागि यो ‘मौका’ भएको उनले बताए। प्रदेशको समृद्धिका लागि योजनाहरू सहित आफू मन्त्री बनेको आङ्बोले बताए। कृषिको आधुनिकरण, जलस्रोत तथा उर्जाको विकास, पर्यटन प्रवर्द्धन र भौतिक पूर्वाधारको विकासलाई मुख्य प्राथमिकतामा राखेर प्रदेश १ को समृद्धिमा जुट्ने उनले बताएका छन्। 

जनमुक्ति सेनाको कमाण्डर हुँदै आङ्बो प्रदेश न. १ को आर्थिक तथा योजना मन्त्री बन्न सफल भएका छन्। तत्कालिन जनमुक्ति सेनाको बिग्रेट कमाण्डर, पार्टीको पोलिटब्युरो  सदस्य हुँदै उनी वर्तमान अवस्थासम्म आइपुगेका छन्। ‘जनताको सेवाका लागि राजनीतिमा लागेको थिए’ उनले भने, इमान्दारीतापूर्वक काम गरेकाले सांसद् हुँदै मन्त्री हुने मौका पाए।’ प्रदेशको विकास र जनताको हितका सदा लागि पर्ने उनले बताए। 

राजनीतिमा दु्रत गतिमा सफल हुने व्यक्तिको रूपमा उनलाई चिनिन्छ। कतिपयले उनलाई भाग्यमानी मान्छन् भने कतिपयले डाईनामिक मान्छन्। राजनीतिक छलाङ मारेको टिप्पणी गर्नेहरू पनि छन्। तर राजनीतिमा भिजनसहित लागेका नेताको परिचयले उनलाई सफल बनाएको देखिन्छ। फिदिम नगरपालिकाको नागिनमा जन्मेका आङ्बो भूमिगतकालदेखि नै पार्टीमा सक्रिए थिए।  २०५६ सालमा अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध रहेर काम गरेका आङ्बो २०५७ सालमा विद्यार्थीको जिल्ला सचिव भएका थिए। २०५९ सालमा पार्टीको जिल्ला सचिव पनि भए। त्यतिबेला सचिव जिल्लाको प्रमुख हुने प्रणाली थियो। 

आङ्बो २०६० सालमा जनमुक्ति सेनाको वटालियन कमाण्डर बनेका थिए। उनी २०६२/०६३ सालमा बिग्रेट कमाण्डार भए। २०६२ सालमा वाईसिएलको संस्थापक केन्द्रीय सचिवालय सदस्य भए। २०६५ सलामा पार्टीको लिम्बुवान राज्य समितिको सह सचिव भएका थिए। २०६७ सालमा पार्टीको केन्द्रीय सदस्य भए। 

सरकार उनका लागि नयाँ अनुभव हो। पहिलो पल्ट टिकट पाएका उनी कांग्रेसका उम्मेद्वारलाई पराजित गर्दै विजयी भएका थिए। अबको यात्रा आफ्नो कठिनपूर्ण भए पनि प्रदेशको समृद्धिमा सधै लागि पर्ने उनको भनाई छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

बलिउडमा रणवीर कपुर र आलिया भट्टको जोडी अहिले चर्चामा छ। दुबैले प्रेम सम्बन्धलाई स्वीकार गरिसकेका छन्। अब दुबैबीच विहे कहिले...

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ...

लेखिका प्रियंका

लेखिका प्रियंका

हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने...