७ वैशाख २०८१ शुक्रबार
समाज

विपी राजमार्गमा बलेरो दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

घाइतेको जिल्ला अस्पतालमा सिन्धुलीमा उपचार हुँदै । तस्बिर : नागरिक

सिन्धुली – विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकालीस्थित सेल्फीडाँडा नजिकै डबल क्याप बलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन्। 

सिन्धुलीमाढीबाट खचाखच यात्रु लिएर गोलञ्जोर गाँउपालिका ६ नाकाझोली जाँदै गरेको बा ११ च २२ ७५ नम्बरको बलेरो सडकबाट झण्डै चार सय मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले जानकारी दिए। 

मृत्यु हुनेमा कमलामाई नगरपालिका ६का ६१ बर्षिय लक्ष्मी प्रसाद देवकोटा, गोलञ्जोर गाँउपालिका ५ का २० बर्षिय रेशम कार्की, सोही स्थानका २२ बर्षिय युवराज लुगेली मगर, १९ बर्षिय नवराज थापा रहेका छन्। 

घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने बाँकी जिल्ला अस्पताल सिन्धुली र मोर्डन एमोलो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको डीएसपी शर्माले बताए।  

प्रकाशित: ४ फाल्गुन २०७४ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App