इलाम क्षेत्र २ मा आउँदो १५ गते हुने उपनिर्वाचनमा पहिचान पक्षधरबाट हुनसक्ने सम्भावित गतिविधिलाई सुरक्षा निकायले मुख्य सुरक्षा चुनौती (थ्रेट)का रूपमा लिएको छ।
सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री रवि लामिछानेको आलोचनात्मक ‘कमेन्ट’ गरेकै आधारमा प्रहरीले यातना दिएको भन्दै एक युवकले आत्महत्याको प्रयास गरेको विषयलाई लिएर साइबर ब्युरोले खण्डन गर्दै भ्रम फैलाइएको जनाएको छ।