६ वैशाख २०८१ बिहीबार
राजनीति

सशस्त्र द्वन्द्व मारिएका सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा

काठमाडौं- सरकारले सशस्त्र द्वन्दकालमा मारिएका सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले द्वन्दकालमा मारिएका सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, निजामति कर्मचारी र शिक्षकलाई सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए।

सरकारले नितिगत निर्णय गरे पनि द्धन्दकालमा मारिएका राष्ट्रसेवकको संख्या यकिन नभएको मन्त्रि बस्नेतले बताए। ‘उनीहरुको संख्या जानकारी गराउन सम्वन्धित मन्त्रालय र निकायलाई पत्राचार हुन्छ’, उनले भने, ‘केहीले क्षतिपुर्ति पनि पाइसकेका छन्। बाँकिले सहिदको मापदण्ड अनुसार क्षतिपुर्ति पाउँछन्।’

मन्त्रिपरिषदले सत्यनिरुपण तथा मेलमिलाप आयोगको म्याद १ वर्ष थप्ने निर्णय गरेको छ। उच्चस्तरीय शिक्षा आयोगको म्याद ४ महिना थप गर्ने निर्णय गरेको छ।

प्रकाशित: २२ माघ २०७४ १४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App