coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिद्धिखोलामा हाइड्रो बन्ने

इलाम – जिल्लाको सिद्धिखोलामा सिद्धिखोला जलविद्युत् आयोजना निर्माण गरिने भएको छ। मैनाचुली निर्माण सेवा प्रालिले फागुन पहिलो साता १० मेगावाट क्षमताको आयोजना निर्माण थाल्ने भएको हो। 

प्रशासनिक काम सकिएर अब फिल्डको काम सुरु हुन लागेको आयोजनाका लगानीकर्ता मदन अधिकारीले जानकारी दिए। १ अर्ब ८३ करोड रुपैयाँ लगानीमा बन्ने आयोजनाको पावर हाउस रोङ गाउँपालिकास्थित सलकपुर फेदीमा रहने छ। रम्भ्याङको फेदीबाट बाँध बाँधेर सलकपुर फेदीसम्म पानी पु¥याउने योजना रहेको मैनाचुलीले जनाएको छ।

आयोजनाका लागि १ अर्ब २७ करोड रुपैयाँ प्राइम कमर्सियल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले आधा–आधा लगानी गर्ने सम्झौता भइसकेको उनले जनाए। ‘बाँकी रकम लगानीकर्ताको सेयरबाट हुनेछ,’ उनले भने, ‘करिब ५० देखि सयजनाले १ लाखदेखि ३ करोड रुपैयाँसम्म लगानी गरेका छन्।’ आयोजनाको काम २०७७ साल साउन मसान्तसम्ममा सक्ने योजना छ। पावर हाउसबाट १६ किलोमिटर ट्रान्समिसन लाइनबाट विद्युत् लगेर फिक्कलस्थित नेपाल विद्युत् प्राधिकरणको सब–स्टेसनमा जडान गरिने छ। आयोजनाले वार्षिक ५५.७१ गिगावाट विद्युत् उत्पादन गर्ने अनुमान छ।

जिल्लाको इलाम नगरपालिका–५ बरबोटे र वडा २ सुम्बेकस्थित माइखोलामा ७.८ मेगावाटको सुपरमाई जलविद्युत् आयोजना पनि निर्माणाधीन छ। जिल्लामा ४ मेगावाटको पुवाखोला–२, सुम्बेक गाउँमा ९.१ मेगावाटको सगरमाथा र माइबेनीमा ९.२ मेगावाटका जलविद्युत् आयोजना बन्ने तर्खरमा छन्। जिल्लामा हिमाल दोलखा, पुवाखोला, पुवाखोला–१, सानिमा माई, अप्पर माई र जोगमाई आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन्। सानिमा माई र अप्पर माईसहित केही क्यासकेडसहितका आयोजना हुन्। 

प्रकाशित: २२ माघ २०७४ ०९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App