७ वैशाख २०८१ शुक्रबार
समाज

स्थानीय तहमा कर्मचारी अभाव, सेवाग्रहीलाई सास्ती

पाँचथर – एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरका स्थानीय तहमा कर्मचारी अभावले सेवा प्रभावहमा समस्या भएको छ। विभिन्न गाउँपालिका कार्यालय र वडा कार्यालयमा आवश्यक कर्मचारी नहुँदा सेवाग्राहीले समेत सास्ति खेप्नु परिरहेको छ।

जिल्लाको फालेलुङ्ग गाउँपालिकामा एक जना मात्र वडा सचिव छन्। उनैले प्रत्येक वडाको काम हेरिरहनु परेको छ। एक जना सचिवले काम गर्न असहज भएपछि प्राविधिक कर्मचारीहरूलाई समेत वडा हेर्ने गरी जिम्मेवारी दिइएको छ। एक प्राविधिकले दुई वडा हेर्ने गरी अस्थायी व्यवस्थापन गरिएको बताइएको छ। उक्त गाउँपालिकामा वन, शिक्षा, महिला, स्वास्थ्यका कर्मचारीका कर्मचारीको पनि अभाव छ। पर्याप्त कर्मचारी नहुँदा काम काजमा समेत प्रभावित बन्ने गरेको प्रमुख प्रशासकीय अधिकृत मौसम ढुंगेल बताउँछन्। ‘विहानैदेखि कार्यालय सेवाग्राहीले भरीभराउ हुन्छ’, ढुंगेलले भने, ‘कर्मचारी अभावले सेवाग्राहीले सास्ती खेप्नु परिरहेको छ।’

‘गाँउपालिकामा पर्याप्त कर्मचारी छैनन्’, मिक्लाजुङ गाँउपालिका प्रमुख अमरराज माखिमले भने, ‘कर्मचारी अभावले सेवा प्रवाहमा निकै समस्या छ। ८ वडामा ४ जना सचिव छन्। दुई वडा एउटै सचिवले हेरिरहनु परेको छ। केही कर्मचारी करारमा राखिएको छ। जसोतसो काम चलाएका छौं।’

याङवरक गाँउपालिकका प्रमुख प्रशासकीय अधिकृत ठम्बर आङ्देम्बेको पनि वडासचिव र विषयगत कार्यालयका कर्मचारी अभावले निकै सास्ती खेप्नु परिरहेको गुनासो छ। एउटा लेखापालको भरमा दुईटा कार्यालय चलिरहेको आङदेम्बेले बताए। ‘शिक्षाका कर्मचारी त सम्पर्कमा नै छैनन्’, उनले भने, ‘न्यूनतम रूपमा उपस्थित हुनुपर्ने विषयगत कार्यालयका कर्मचारी नै उपस्थित नभएका उनको गुनासो छ।’

जिल्लाका फाल्गुनन्द, तुमेवा, हिलिहाङ, कुम्मायक लगायतका गाउँपालिकाले पनि यस्तै समस्या खेपिरहेका छन्। जिल्लाको एउटा मात्र नगरपालिका फिदिम नगरपालिकामा पनि कर्मचारीको अभाव रहेको बताइएको छ।  

विषयगत कार्यालयका कर्मचारीले स्थानीय तहमा जान नमानिरहेकाले यो दुराअवस्थाको सिर्जना भएको बताइएको छ। धमाधम योजना अनुरूप काम भइरहेका बेला एक जना इन्जीनियर र केही सवइन्जीनियरको भरमा चलेका कार्यालयहरूले प्रभावकारी रूपमा बिकास निर्माणको अनुगमन गर्न समेत सकिरहेका छैनन्।

प्रकाशित: १७ माघ २०७४ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App